यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: घोडाघोडीका लेखा अधिकृत धामीसहित ४ जना विरुद्ध अख्तियारीको पत्र
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: घोडाघोडीका लेखा अधिकृत धामीसहित ४ जना विरुद्ध अख्तियारीको पत्र
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

घोडाघोडीका लेखा अधिकृत धामीसहित ४ जना विरुद्ध अख्तियारीको पत्र

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ६, शनिबार १०:३८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीको घोडाघोडी नगरपालिकाका लेखा अधिकृत हरिस चन्द्र धामी र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यसहित ४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमाले स्पष्टीकरण माग गरेको छ।

नगरपालिकाले आर्थिक वर्ष २०८०–०८१ मा ठेकेदारको माध्यमबाट अव्यवस्थित जग्गा नापजाँच गर्नको लागि बिभिन्न कम्पनी सँग नियम विपरीत अन्य पालिका भन्दा चार गुणाले महँगोमा सम्झौता गरेको तथा बैंक ग्यारेन्टी नराखी अग्रिम भुक्तानी दिएको गम्भीर आरोप सहित पालिकाको नाममा किटानी पत्र सहितको स्पष्टीकरण माग गरेको हो।

राष्ट्रिय भूमि आयोग मार्फत घोडाघोडी नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको जग्गा नाप जाँच गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत सम्झौता गरेको थियो। सार्वजनिक खरिद नियमावलीमा एउटै शीर्षकको बजेटलाई टुक्राएर काम गर्न नहुने उल्लेख छ।

यस्तै सार्वजनिक खरिद नियमावली २०६४ को नियम ७० मा सार्वजनिक निकायले दश लाख रुपैयाँ भन्दा बढी मूल्यको परामर्श सेवा खरिद गर्न सार्वजनिक खरिद ऐनको दफा ३० बमोजिम सूचना प्रकाशन गरी आशय पत्र माग गर्नु पर्ने उल्लेख छ । सार्वजनिक खरिद ऐनको दफा ३० मा परामर्श सेवा दिन इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले सो सम्बन्धी आशय पत्र सङ्कलन गर्न कम्तीमा १५ दिनको अवधि दिई राष्ट्रिय स्तरको समाचारपत्रमा सूचना प्रकाशन गर्नु पर्ने उल्लेख छ।

तर यो नगरपालिकाले १२ वटा वडाको जग्गा नाप जाँच गर्न २ करोड बढी रकम खर्च गरेको छ। सार्वजनिक निकायले १० लाख मूल्य भन्दा बढीको परामर्श सेवा लिँदा सूचना प्रकाशन गरी आशय पत्र सङ्कलन गर्नु पर्नेमा २ करोड बढी लागतको एउटै कामका लागी रकम टुक्राएर कोटेसनका माध्यमबाट १२ वटा फर्म सँग सम्झौता गरिएको छ। नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले प्रति वडा (सय हेक्टर) नाप जाँच गरे बापत १७ लाख बढीका दरले सम्झौता गरेका छन्।

लेखा अधिकृत धामी र उनै तत्कालीन हाकिम आचार्यले ४ वटा वडाको रकम भुक्तानी समेत गरिसकेका छन् भने अन्य वडाको काम नै सम्पन्न नगरी बैंक ग्यारेन्टी समेत नराखी बाँकी वडाको ६–६ लाखका दरले अग्रिम भुक्तानी दिएको स्रोतको दाबी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी देवी प्रसाद थपलियाले यस विषयमा गम्भिर रुपमा अनुसन्धान भइरहेको बताएका छन्।

अघिल्लो लेख कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
अर्को लेख बाराको जितपुरमा कारमा भेटियो पुरुषको शव
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

२०८१ श्रावण २१, सोमबार २१:२९ गते
कैलालीसमाचार

मुख्यमन्त्री शाह क्षति भएका नगरपालिहरूका भवनको अवलोकनमा

२०८२ आश्विन १३, सोमबार १५:२१ गते
अछामअन्तर्राष्ट्रियअर्थ-वाणिज्यकञ्चनपुरकृषिकैलालीखेलकुदगृहबझाङबाजुराबैतडीसमाचार

धनुषाबाट २३ लाख बराबरको काजु किसमिस बरामद

२०८१ असार १४, शुक्रबार १०:५१ गते
कैलाली

कैलालीका बस्ती डुबानमा

२०८१ भाद्र ५, बुधबार १३:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?