यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुला जिप दुर्घटना : रावल दम्पती बिचबाटोमै अस्ताए
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुला जिप दुर्घटना : रावल दम्पती बिचबाटोमै अस्ताए
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

दार्चुला जिप दुर्घटना : रावल दम्पती बिचबाटोमै अस्ताए

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ३०, शुक्रबार १४:३५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।दार्चुलामा रात्रिकालिन जात्रा हेरेर घर फर्कदै गरेका एक दम्पती बिचबाटोमै अस्ताएका छन्।

जिल्लाको मालिकार्जुन मन्दिरमा लागेको रात्रिकालीन जात्रा हेरेर घर फर्कने क्रममा जिप दुर्घटना हुँदा रावल दम्पतीको बिचबाटोमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ को बगजेबलामा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिप दुर्घटनामा शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्रसिंह रावल र उनकी २८ वर्षीया श्रीमती शान्ति रावलको मृत्यु भएको हो।

बिरेन्द्रसिंह रावल शैल्यशिखर नगरपालिकामा अमिनको रुपमा कार्यरत थिए। दुबै जना मालिकार्जुन मन्दिरमा लागेको रात्रिकालिन मेला हेर्न गएका थिए। तर घर फर्कने समयमा जिप दुर्घटना हुँदा श्रीमानरश्रीमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सो जिप दुर्घटनामा गोकुलेश्वर बहुमुखि क्याम्पसमा कार्यरत शैल्यशिखर नगरपालिका–९ नकतडकी ४० वर्षीया मिना लेखक र शैल्यशिखर–९ नकतडकै ४५ वर्षीय दिलीपसिंह विष्टको पनि मृत्यु भएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले बताए।

जिप दुर्घटनामा बैतडीको डिलाशैनी–५ का १५ वर्षीय संजिव बोहरा, बिरेन्द्र बोहरा तथा भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको छ। जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताए।

जिप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका सुनिल जोशीको अवस्था गम्भीर रहेको डीएसपी दाहालले बताए। उनको टाउकोमा चोट लागेको छ। जिपमा सवार शैल्यशिखर–५ लेकगाउँका सन्दिप रावल, बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–५ का उत्तम रोकाया, भारत पिलभित मारुडण्डाका सोहिन शाह र ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल घाइते भएका छन्। घाइतेहरुलाई थप उपचारका लागि हेलिकोप्टरबाट निसर्ग अस्पताल धनगढी पुगाइएको छ। मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गईरहेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख पहिलोपटक नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात
अर्को लेख फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको मेयर बालेन शाहको गुनासो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

चिसापानी–कुइने सडक क्षेत्रको रुख कटान आदेशका लागि सम्झौता

२०८२ बैशाख ३, बुधबार १३:१६ गते
कैलालीप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

पुल तर्ने क्रममा चिप्लिएर खोलामा खस्दा बालिकाको मृत्यु

२०८१ असार १९, बुधबार १६:०५ गते
कञ्चनपुरकैलालीसमाचार

कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ८ जना पक्राउ

२०८२ कार्तिक १८, मंगलवार १०:२८ गते
कैलाली

धनगढीको नोभा हस्पिटलमा किशोर मृत्यु प्रकरण : पुलिसद्वारा अश्रुग्यास प्रहार

२०८१ श्रावण १२, शनिबार १५:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?