यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराको पुइलेक विमानस्थलका लागि ठाउँ उपयुक्त छ : सभापति देउवा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराको पुइलेक विमानस्थलका लागि ठाउँ उपयुक्त छ : सभापति देउवा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुरा

डडेल्धुराको पुइलेक विमानस्थलका लागि ठाउँ उपयुक्त छ : सभापति देउवा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ३०, शुक्रबार १४:०६ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

डडेल्धुरा । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्तावित डडेल्धुराको पुइलेक विमानस्थलको स्थलगत अवलोकन गरेर ठाउँ उपयुक्त भएको बताएका छन् ।

जिल्लाको पश्चिमतर्फ रहेको अमरगढी नगरपालिका ६ सँग जोडिएको अजयमेरु गाउँपालिका –१ समैजी पुइलेक डाँडामा पुगेर उनले यस्तो बताएका हुन् । गृहजिल्ला डडेल्धुरामा रहेका सभापति देउवा बिहीबार प्रस्तावित पुइलेक विमानस्थलको निरीक्षणका लागि पुगेका थिए ।

निरीक्षणपछि उनले हवाइमैदान निर्माणका लागि सम्भाव्यता सर्भे भएको बताएका थिए । अब ‘डिटेल सर्भे, डिटेल डिजाइनिङ’ गरिने देउवाको भनाइ छ । यी दुईवटै सर्भे भएपछि बजेट ल्याउने उनले बताए ।

२०७६ मा विमानस्थल निर्माणका लागि उक्त स्थान छनोट गरिएको थियो । नागरिक उड्डयन प्राधिकरणको टोलीले स्थलगत अध्ययनका आधारमा साविक समैजी गाविसको पुइलेकदेखि वयलडाँडासम्मको क्षेत्र उपयुक्त हुने बताए । त्यसपछि विमानस्थल निर्माणका लागि सर्वेक्षण भएको थियो ।

तीन पटक प्रारम्भिक अध्ययन गरी विमानस्थल निर्माण गर्न चार अर्ब रकम आवश्यक पर्ने अनुमान गरिएको थियो । उग्रतारा–मेलौली सडकसँग जोडिएको स्थान पुइलेकमा विमानस्थल निर्माणका लागि प्रारम्भिक चरणको अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्ने तयारी थालिएको दुई वर्ष पुगेको छ ।

पुइलेकमा एक हजार मिटरदेखि एक हजार सातसय मिटर लम्बाईको धावनमार्ग बनाउन सकिने प्रारम्भिक अध्ययनमा देखिएको थियो । २०७९ भदौ महिनाको सुरुमै तेस्रो पटक प्रारम्भिक अध्ययन गरेर ९ईआईए० को तयारी थालिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७८ मा नै पाँच करोड रकम विनियोजन गरेको थियो । संघीय सरकारले ६० लाख रकम समेत विनियोजन गरेको थियो । उक्त रकम अध्ययन र डिपिआरमा खर्च भएको छ ।

समैजीमा गरिएको अध्ययनअनुसार दुईतर्फी ल्याण्डिङ्ग हुने देखिएको थिएन । दक्षिण तर्फबाट मात्रै ल्याण्डिङ्गको सम्भावना देखिएको प्राविधिक अध्ययन गरिरेको आईएफआइडि नेपालका इञ्जिनियर स्मरण भट्टले बताएका थिए । उहाँका अनुसार कटिङ्ग धेरै गर्नुपर्ने देखिएको छ । विमानस्थलको चौडाइ भने १५० मिटरको हुने देखिएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, दार्चुला, बैतडी, बझाङको केन्द्रविन्दु भएकै कारण डडेल्धुरामा विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिमको दुर्गमका बासिन्दाले यातायातमा राहत हुने विश्वास लिएका छन् ।

अघिल्लो लेख जलवायुसम्बन्धी नेपालको धारणा उजागर गर्न राष्ट्रपतिको भ्रमण फलदायी
अर्को लेख पहिलोपटक नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

डडेल्धुरासमाचार

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

२०८२ भाद्र १२, बिहीबार ०७:१० गते
डडेल्धुरा

डडेल्धुरा बसपार्क नजिकै जीप दुर्घटना हुदाँ ४ जना घाइते

२०८१ श्रावण २४, बिहीबार १७:४० गते
डडेल्धुरा

डडेल्धुरामा महिलालाई सीप सिकाउँदै स्थानीय तह

२०८१ माघ २९, मंगलवार १३:५६ गते
डडेल्धुरा

डडेल्धुरामा बस पल्टिँदा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो, ३ जना एकै परिवारका

२०८१ आश्विन ३०, बुधबार १३:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?