यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पशु कल्याणका नियम कागजमै सीमित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पशु कल्याणका नियम कागजमै सीमित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

पशु कल्याणका नियम कागजमै सीमित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २५, आईतवार ०७:२५ गते
SudarshanTelevision
7 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ । पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा आवश्यक मापदण्ड पूरा नगरे कारबाहीको भागिदारी बन्नुपर्ने नियमको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । 

ढुवानीका क्रममा आवश्यक मापदण्ड पूरा नगरेपछि प्रहरीले आक्कलझुक्कल कारबाही चलाएको देखिन्छ तर पशु अधिकारकर्मीहरू सरकारी निकायले नियमको प्रभावकारी अनुगमन गर्न नसकेको बताउँछन् ।

एक महिनाअघि इलाका प्रहरी कार्यालय गणेशपुर, कपिलवस्तुको नियमित जाँचका क्रममा ट्रकमा २१ वटा गोरु बाँधेर राखेको, सबै गोरुको पुच्छर ट्रकको छतमा डोरीले बाँधेर झुन्ड्याएको, नाक छेडेर डोरी बाँधिएको, खुट्टा बाँधेर पल्टाएको, त्रिपालले पूरै ट्रक ढाकेर स्वासप्रश्वासमा अवरोध पु¥याएको अवस्थामा फेला पारेपछि ट्रक चालक निजगढ नगरपालिका–४ का २६ वर्षीय कमल धामीलाई प्रहरीले नियन्त्रणमा लियो । 

प्रहरीले धामीले चलाएको ना ६ ख ३७०८ नम्बरको ट्रकमा जाँच गर्दा मापदण्ड पालना नगरी पशु ढुवानी गरिएको भेटिएपछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

ट्रकमा मापदण्डविपरीत ओसारपसार गरिएका २१ वटा गोरुलाई बाँधेका सबै डोरी काटेर प्रहरीले जवाभारीको सार्वजनिक जङ्गलमा छोडेको थियो । 

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले धामीलाई सात दिन हिरासतमा राखेर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० को (१) बमोजिम कारबाहीका लागि अनुसन्धान गरिरहेको छ । 

गत जेठ २२ गते खाद्यान्न बोकेका १३ वटा खच्चड कर्णाली नदीको झोलुङ्गे पुल तर्दा जालीमै अड्किए । ११ वटालाई नदीमा खसालेर उद्धार गरिए पनि दुई वटा खच्चड मरे । सामाजिक सञ्जालमा केही दिन निकै प्रचारमा आएको त्यो हृदयविदारक दृश्य धेरैले बिर्सिएको पशु अधिकारकर्मी दुर्गानाथ दाहाल बताउँछन् । 

हरेक दिन शरीर रक्ताम्मे बनाएर मासुका लागि भारत हुँदै ठुलो सङ्ख्यामा राँगा, भैँसी, खसीबोकाको ढुवानी हुने गरे पनि सरकारी निकायले प्रभावकारी अनुगमन गर्न नसकेको उनले उल्लेख गरे । 

पशु अधिकारकर्मीको लामो प्रयास र आन्दोलनपछि पशुलाई ढुवानी गर्न आवश्यक नीतिलाई समेटेर पशु ढुवानीसम्बन्धी २०६४ को मापदण्ड तथा पशु कल्याण निर्देशिका २०७३ बने पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।  

पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्दा आठ घण्टाभन्दा धेरै हिँडाउन नपाउने व्यवस्था गरे पनि त्यो कार्यान्वयनमा नआउँदा पशुले दुःख कष्ट पाउँदै आएका छन् । 

गाडीमा ढुवानी गर्दा अधिकतम ४८ घण्टामा गन्तव्य पु¥याउनै पर्ने हरेक आठ घण्टामा तल झारेर दानापानी दिएर मात्र अघि बढाउनुपर्ने निर्देशिकामा उल्लेख भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । 

नेपालमा भारत तथा चीनदेखि पशुको ढुवानी हुने गरेको छ तर मापदण्ड भने पालना हुन सकेको छैन । पशु चिकित्सक मणिप्रसाद सापकोटाले घरपालुवा पशुको स्याहारसुसार तथा ओसारपसारसम्बन्धी नियम बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पशुलाई कष्टकर रूपमा ढुवानी गरिँदै आएको बताए ।

सरकारले ढुवानीका क्रममा पशुचौपायालाई यातना भएको निष्कर्ष निकालेर मापदण्ड बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । कार्यान्वयन नहुँदा गलत तरिकाले ढुवानी गर्ने कुनै पनि व्यापारी तथा ढुवानीकर्ता कारबाहीमा पर्न सकेका छैनन् ।

नेपालका राजमार्ग हुँदै हरेक दिन हजारौँको सङ्ख्यामा पशुको ओसारपसार गरे पनि कारबाही भने हुन नसक्दा कानुन कार्यान्वयनका पक्षमा ठुलो चुनौती देखिएको उनले बताए । 

पैदल ढुवानी गर्दा गाईभैँसीलाई दिनको अधिकतम २५ किलोमिटर, भेडाबाख्रालाई ३० किलोमिटर अनि सुँगुरबङ्गुरलाई १२ किलोमिटरभन्दा धेरै हिँडाउन नपाउने व्यवस्था छ । त्यसको समेत कार्यान्वयन हुन सकेको छैन । 

पशुसँगको व्यवहार गर्दा भोक, प्यास, डर, त्रास र तनाव हुन दिन नहुने निर्देशिकामा उल्लेख छ । पशु कल्याणका नियम कागजमै सीमित भएको पशु अधिकारवादी राजानन्द माण्डव्यको गुनासो छ । 

उनले एउटा ट्रकमा १६/१७ वटाभन्दा धेरै हाल्न नपाउने भए पनि तर ढुवानी खर्च जोगाउने नाममा ४०/४२ राँगा कोचेर ल्याउने क्रम अझ नरोकिएको उल्लेख गरेका छन् । 

रातको समयमा ल्याउने र पशु क्वारेन्टाइन चेकपोस्टले राम्ररी जाँच गर्न नसकेको दाहालले बताए । ढुवानी गर्नेले पाँच हजार रुपियाँ जरिबाना तिरिदिने गरेकाले खासै चर्चामा नआउने उनले बताए । 

पाँच हजार रुपियाँमा पशुको अधिकार खोस्न नमिल्ने भएकाले सरकारी निकायले यसमा ध्यान दिन उनले अनुरोध गरेका छन् ।

पशु चिकित्सक डा. मनोजकुमार शाहीले पशु कल्याणका नियम अलपत्र परेको उल्लेख गरे । उनले नियम बने पनि कार्यान्वयन गर्ने संरचनाको अभावमा समस्या बढिरहेको बताए । 

विश्वमा पशुको ढुवानी, खेलमा प्रयोग गर्ने विषयमा एउटा मान्यता स्थापित भए पनि नेपालको भने त्यो कार्यान्वयनमा समस्या देखिएको उनको दाबी छ । 

पशु कल्याणको विषय मूलतः पशु अधिकारसँग जोडिएको हुने भएकाले पशुलाई उचित व्यवहार गरेर पालनपोषण गर्दा पशुपालक किसान वा व्यवसायीलाई आर्थिक फाइदा अझ बढ्ने भए पनि त्यसमा कुनै निकायले चासो नदिएको उनले उल्लेख गरेका छन् । 

पशुको उत्पादकत्व पशु कल्याणसँग पनि निर्भर हुने खुसी पशुले जति धेरै दुध दिन्छ रोगी वा पीडामा परेकाले दिन नसक्ने पशु प्राविधिक राजेश लम्साल बताउँछन् । 

उनले तनावमा भएका बेला पशुको दुध उत्पादन घट्ने तथा मासुका निम्ति पालिएका पशुको स्वाभाविक वजन बढ्न नसक्ने उल्लेख गरे । 

पशु सेवा विभागका अनुसार नेपालमा गाईगोरु ७४ लाख तथा राँगाभैँसीको सङ्ख्या ५१ लाखभन्दा धेरै छ । भेडाबाख्राको सङ्ख्या झन्डै डेढ करोड तथा सुँगुरबङ्गुर १५ लाख तथा हाँसकुखुरा साढे छ करोडको सङ्ख्या छ । 

काँकडभिट्टा, विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, काठमाडौँ, गड्डाचौकी गरी आठ स्थानमा क्वारेन्टाइन छन् । 

क्वारेन्टाइन महाशाखाले २८ वटा चेकपोस्टबाट सेवा दिइरहेको छ । पशु ढुवानीको अवस्था अहिले पनि खासै सुधार हुन सकेको छैन । गोरखापत्रबाट

अघिल्लो लेख सुदूरपश्चिम रोयल्सलाई कुमारी जवको साथ
अर्को लेख सुदूरपश्चिम सरकारले ९ जनालाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

एमालेको ११ औं महाधिवेशन आज

२०८२ मंसिर २७, शनिबार ०८:०२ गते
कञ्चनपुरकैलालीसमाचार

कैलाली–कञ्चनपुरबाट लागुऔषधसहित चार जना पक्राउ

२०८२ असार २५, बुधबार १२:४० गते
समाचार

एनपिएलमा बेटिङ गरेको आरोपमा चार जना पक्राउ

२०८१ मंसिर १८, मंगलवार १४:२३ गते
राष्ट्रिय

मदिरा खाएर श्रीमतीको हत्या गरेर गाडेको आरोपमा श्रीमान पक्राउ

२०८१ पुष ११, बिहीबार ११:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?