यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पुरानो सदरमुकाम भजनी : कृषि र पर्यटनमा प्रचुर सम्भावना
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पुरानो सदरमुकाम भजनी : कृषि र पर्यटनमा प्रचुर सम्भावना
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

पुरानो सदरमुकाम भजनी : कृषि र पर्यटनमा प्रचुर सम्भावना

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २०, मंगलवार ०७:५९ गते
SudarshanTelevision
11 मिनेटको
सेयर गर्नुहोस्

कैलाली । कैलाली जिल्लाको भजनी बजार जिल्लाको पुरानो सदरमुकामको रूपमा रहेको इतिहास धेरै भएको छैन ।

हरेक सम्भावनाले भरिएको भजनीलाई कैलाली जिल्लाको सदरमुकाम थियो भन्दा अहिलेको पुस्तालाई पत्याउन गाह्रो हुन्छ । आज भजनीले भोगिरहेका अभावका अगाडि त्यो पुरानो सदरमुकामको कुरा गर्दा नयाँ पुस्ताले अनौठो मान्ने गर्छन् ।

विसं २०३८ सम्म जिल्लामा हुनुपर्ने कतिपय कार्यालय भजनीमै थिए । त्यति बेला निर्माण भएका कैयौँ संरचनाको अंश आजका दिनमा जीवित छन् । पुरानो सदरमुकामका बासिन्दा केही दशकदेखि प्राकृतिक विपद्लगायत चुनौतीसँग लड्न र जुध्नबाध्य भइरहेका छन् ।

यो क्षेत्रका लागि वर्षायाममा हुने बाढी, नदी कटान र डुबानको समस्या ठुलो चुनौती बन्ने गरेको छ । बाढी डुबानले सयौँ परिवार विस्थापित हुने गरेका छन् । चारैतिरबाट नदीले घेरिएको भजनी बजारका लागि कान्द्रा, मोहना, काढा र पथरैया नदी बाढीको जोखिम निम्त्याउने माध्यम बनेका छन् । 

“बाढी र डुबानको समस्यालाई दिगो रूपमा समाधान गर्न सक्यो भने यस क्षेत्रको विकासले फड्को मार्न सक्थ्यो,” भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले भने, “हाम्रो स्रोतले भजनीलाई ओभानो राख्न सक्ने स्थिति छैन । केन्द्र र प्रदेश सरकारले हाम्रो पीडालाई बुझ्न र महसुस गर्न सकेको छैन ।”

स्थानीय नदी तथा खोलाको सतह बर्सेनि बढ्दै गएसँगै सामान्य वर्षामा भजनी क्षेत्र डुबानको चपेटामा पर्ने गरेको नगरपालिकाका प्रवक्ता बिक्रम चौधरीले बताए । 

“जमेको वर्षाको पानी थुनिने गरी हुलाकी राजमार्ग निर्माण हुँदा डुबानको समस्या निम्तियो”, चौधरीले भने, “अन्तर्राष्ट्रिय सीमादेखि आठ/१० किलोमिटरको दूरीमा रहेको भारतको घाँघरा नदीमा बनेको बाँधका ढोका बन्द गरिँदा पनि कैलालीको दक्षिणपूर्वका भजनीसहितका क्षेत्रमा डुबान हुने गरेको छ ।”

डुबान र नदी कटानकै कारण कतिपय गाउँका वस्तीलाई अन्यत्रै स्थानान्तरण गर्नुपर्ने देखिएको स्थानीयको भनाइ छ । कुनै समयमा भारत, बङ्गलादेश, श्रीलङ्कालगायत देशमा चामल निर्यात गर्नमा देशमै स्थान बनाएको भजनीको राइस मिल बन्द भएको लामो समय भइसकेको छ । नजिकको सीमा क्षेत्रमा सञ्चालनमा रहेका दुई भन्सार कार्यालयमध्ये कुसुमघाट भन्सार कार्यालय बन्द भइसकेको छ । 

“भजनीवासीका दुःख हटाउन नदी नियन्त्रणसम्बन्धी बृहत् गुरुयोजना बनाएर अघि बढ्नुपर्ने देखिएको छ”, प्रवक्ता चौधरीले भने, “यसका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिरहेका छौँ ।”

त्यसबेलाको केन्द्र शासनसँग समन्वय गरेर चिसापानीदेखि दक्षिण भजनी लालभोझीसम्मको क्षेत्रलाई जिल्ला कायम गरी सरकारी कामकाजको सुरुआत गराउने स्वर्गीय सुब्बादिलीप सिंह मल्लको भूमिकालाई भजनीवासीले आज पनि बिर्सेका छैनन् । स्वर्गीय दिलीपसिंह मल्ल सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख स्व मोहनराज मल्लका बुवा हुन् । 

त्यो बेला मल्लहरू त्यस क्षेत्रको ठूला जमिनदार थिए । सबै राजकाज मल्लहरूकै चल्थ्यो । त्यस ठाउँमा बसोबास गर्ने मल्ललाई भजनीको रैथाने पनि भनिन्छ । स्थानीय प्रदीप मल्लकाअनुसार यो क्षेत्रमा डगौराथारु र मल्लको बसोबास सँगसँगै भएको पाइन्छ । 

“म २०१६ मा भजनीमै जन्मिएको हुँ, मलाई थाहा छ त्यो बेला सरकारी अड्डा, थाना, खाद्य, सहकारी सबै कार्यालय भजनीमै थिए,” स्थानीय समाजसेवी हेमेन्द्र भारद्धाजले भने, “आज पनि केही संरचनाको अवशेष बाँकी छन् ।” 

उसो त बर्दियाभन्दा पश्चिम एकमात्र स्वस्थ्य केन्द्र भजनीमा नै थियो । त्यसबेलाको टेलिफोनको टावर आज पनि छ । कृषि सहकारीको खाद्य गोदाम छ । विसं २०१५ मा सो क्षेत्रमा भजनी निम्न माध्यमिक विद्यालय विद्यालय स्थापना भएको थियो । विसं २०३५ मा उक्त विद्यालयको नाम परिवर्तन गरी महुन्याल बनाइएको भारद्धाजले बताए ।

उसो त सुदूरपश्चिम पश्चिम तराईका कञ्चनपुर र कैलाली जिल्ला उतिबेला सुवर्ण शमशेरको बिर्ता भएको भन्ने पनि छ । त्यसबेला कैलाली जिल्लालाई चार भागमा विभाजन गरेर शासन प्रशासन चलाइने गरेको बताइन्छ । 

कैलालीको दक्षिणपूर्वी खक्रौलादेखि टीकापुर लम्कीहुँदै चुरेसम्मको क्षेत्रमा शाही, मध्य भागको भजनीदेखि दरख, साढेपानी हुँदै उत्तरतिर चुरेसम्म मलवारा क्षेत्रमा मल्ल, हसुलियादेखि चौमाला हुँदै चुरेसम्म महत्तो र धनगढीदेखि गोदावरी हुँदै चुरेसम्म बमलाई हेर्ने जिम्मा दिइएको इतिहास रहेको पत्रकार दुर्गाप्रसाद भण्डारीले बताए । 

“मलवारा भजनी क्षेत्रमात्र होइन, यसको क्षेत्र भजनीदेखि चुरे क्षेत्रको पण्डौनसम्म हो, मल्लहरुको क्षेत्र भएकाले ‘मल्लबाडा’ हुँदै थारु भाषामा ‘मलवारा’ भएको हो, यसैलाई नेपालीमा पछि मलवार भनियो,” उनले भने ।

त्यसबेला कुनै राज्यबाट कसैमाथि सजाय दिइँदा कालापानी पठाउने गरिन्थ्यो । त्यसैको सिकार हेमेन्द्र भारद्धाजका बुवा परे । विसं २०१५ मा बिपी कोइराला प्रधानमन्त्री हुँदा उनीसँगको खटपटले काठमाडौँ छोडेर भजनी पुगेको उनको भनाइ छ ।  

विसं २०३८ बाट भजनी पहिलेकै स्थितिमा स्थिर रहन सकेन । त्यसपछि त्यहाँबाट हुँदै आएको अधिकांश कामकाज धनगढी सारियो । भजनीभन्दा धनगढी र टीकापुर क्षेत्रका विकासका सम्भावना प्राथमिकतामा पर्न थाले । 

हुलाकी राजमार्ग : सम्भावनाको आधार 

हुलाकी राजमार्गलाई भजनीवासीले सम्भावनाको मार्गको रूपमा हेरेका छन् । हुलाकी राजमार्गसँगै जोडिएको भजनी पूर्व–पश्चिम राजमार्गको कैलाली खण्डबाट करिब २५ किलोमिटर दक्षिणमा पर्छ । आज हुलाकी राजमार्ग वर्खायाममा त्यस क्षेत्रका नागरिकको सुरक्षित रहने आधार बनेको छ । बाढी र डुबानको समयमा यसबाट जोगिन विस्थापित परिवार बस्तीभन्दा अग्लो यसै हुलाकी सडकमा आश्रय लिएर बस्ने गर्छन् । “सडक नहुँदासम्म वर्षातको समयमा सुरक्षित रहन निकै गाह्रो थियो”, स्थानीय शम्भु चौधरीले भने, “आज बाढी आएपछि हुलाकी सडक आश्रय लिन हाम्रा लागि वरदान बनेको छ ।”

अर्कोतिर बाढी तथा डुबानका लागि हुलाकी राजमार्ग कारक पनि बनेको छ । बस्तीबाट निकै माथि उठाइएको हुलाकी सडकभन्दा होचो भूभागमा स्थानीयवसीका घर छन् । सडकबाट पानीको निकास नहुँदा डुबानको जोखिम बढ्ने गरेको स्थानीय खेमराज पाण्डेले बताए । 

“हुलाकीले सडक सञ्जालमा भजनीलाई जोड्ने काम हुँदा यो क्षेत्रको विकासको आयाममा इट्टा हुलाकी सडकले थपेको छ,” उनले भने, “तर पनि सडकभन्दा गहिरो भागमा पहिलेदेखि नै बस्ती हुँदा सडककै कारण सहज रूपमा पानीको निकास हुन नपाएर डुबानको जोखिम विकराल हुने गर्दछ ।”

कृषि र पर्यटन विकासको सम्भावना

यस क्षेत्रमा खेतीयोग्य उर्बर भूमि ठुलो क्षेत्रफलमा छ  । सत्र हजार छ सय २५ हेक्टरमा फैलिएको भजनीमा आठ हजार नौ सय १४ हेक्टर खेतीयोग्य जग्गा छ । त्यहाँको  करिब ८० प्रतिशत जनसङ्ख्या कृषि पेसामा आबद्ध रहेको भजनी नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । 

नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीका अनुसार आठ हजार दुई सय ८० हेक्टरमा खेती गरिँदै आएको छ भने छ हजार नौ सय १५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । चार हजार दुई सय ४० हेक्टरमा वर्षभरि सिँचाइ सुविधा छ । भजनी नगर क्षेत्रमा पाँच हजार नौ सय तीन हेक्टर क्षेत्र जङ्गलले ओगटेको छ ।

पर्यटन तथा पर्यावरणीय दृष्टिले यो क्षेत्रको महत्त्व ठुलो छ । यो क्षेत्रलाई ‘बर्का बनुवा’ (ठुलो वन) मार्गको रूपमा चिनिन्छ भने पाँच कोसीय वन यसै क्षेत्रमा छ । सीमापारी भारतको  दुधुवा राष्ट्रिय निकुञ्जदेखि चुरे क्षेत्रसहित बर्दिया राष्ट्रिय निकुञ्जसम्म जोड्ने मार्गको रूपमा यो क्षेत्रलाई हेरिने गरिएको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए । 

भजनी क्षेत्र दुर्लभ संरक्षित चराचुरुङ्गीको प्राकृतिक वासस्थानका रूपमा रहेको छ । यहाँ सारस, घुडिफोर, खर मजुर, राजधनेषजस्ता चराचुरुङ्गीहरू पाइन्छन् ।बाहिरबाट बसाइँ सरेर आउने साइबेरियन चराहरू भजनी क्षेत्रमा आउने गरेका छन् ।

विश्वकै दुर्लभ जलचर प्राणी डल्फिनलाई यसै क्षेत्रका नदीमा अवलोकन गर्न पाइन्छ । डल्फिनसँगै घडियाल, मगर गोही, पानीमा बस्ने ओद, पाटेबाघ, अजिङ्गरसहित जङ्गली हात्तीले बच्चा जन्माएको इतिहास पनि यो क्षेत्रसँग रहेको श्रेष्ठको भनाइ  छ । 

यहाँ थुप्रै सामुदायिक र निजीवन पनि छन् । आधा नेपालमा र आधा भारतको भूमिमा पर्ने बञ्जरिया नाम गरेको ताल भजनी क्षेत्रमै पर्छ । 

“पर्यटकीय सम्भावना र जैविक विविधताका दृष्टिकोणले यो क्षेत्र निकै सम्पन्न छ, यहाँ सबै कुरा छ”, श्रेष्ठले भने, “यहाँको विविधतालाई विशेषतामा परिणत गर्नसक्यो भने धेरै ठुलो सम्भावना छ ।” 

बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा पुगेका विदेशी पर्यटक भजनी सर्किटसम्म आउने गरेको पाइन्छ । जीवजन्तु संरक्षणका लागि विगतमा गुलेली सङ्कलनको अभियान भजनी क्षेत्रबाटै सुरु गरिएको थियो । संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भोजराज श्रेष्ठलाई अभियानपछि गुलेली बाजेको उपनाम पनि दिइएको थियो । श्रेष्ठले पर्यटन क्षेत्रको प्रचारप्रसार र संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।

लोपोन्मुख जातिको सूचीमा रहेको राजी जातिको बसोबास यसै क्षेत्रमा छ । नगरपालिका–९ को भुरुवा गाउँमा राजी जातिको बसोबास रहेको छ । रासस

ट्याग गरिएको:featured
अघिल्लो लेख धनगढीमा डाक्टरकाे गाडी ‘दारु’ खाएर चलाउँदा दुर्घटना, रेलिङ र ट्रिगार्ड भाँचियो
अर्को लेख कैलालीमा लागूऔषधसहित मेडिकल सञ्चालक पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा तीन दिन भुवा पर्व, बाजुरेली समाजले प्रतियोगिता गर्ने

२०८१ पुष १४, आईतवार १२:२५ गते
खेलकुदसमाचार

आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

२०८२ जेष्ठ १०, शनिबार १०:४५ गते
खेलकुदसमाचार

मिलन्थाको आक्रामक अर्धशतकमा जनकपुर च्याम्पियन

२०८१ पुष ६, शनिबार १६:३३ गते
राष्ट्रिय

जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शाेकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

२०८१ श्रावण १०, बिहीबार ०९:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?