यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तरकारीखेतीमै भविष्यका सपना देख्दै कञ्चनपुरका महादेव
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तरकारीखेतीमै भविष्यका सपना देख्दै कञ्चनपुरका महादेव
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरकृषि

तरकारीखेतीमै भविष्यका सपना देख्दै कञ्चनपुरका महादेव

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १९, सोमबार १४:५६ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर –कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ नौखरीका महादेव डगौराले व्यावसायिक तरकारीखेती गर्ने गरी किसानका रूपमा परिचित छन्।

दुई दशकअघिदेखि डगौराले बाह्रै महिना तरकारीखेती गर्दै आएका छन्। कमैया मुक्तिको घोषणापश्चात् पाइएको पाँच कट्ठा जग्गाबाट उनले तरकारीखेती सुरु गरे।

अहिले डगौराले एक बिघा बढी जग्गामा तरकारीखेती गर्छन्। ‘पाँच कट्ठा जग्गा आफ्नै स्वामित्वको छ’, उनले भने, ‘बाँकी पन्ध्र कट्ठा जग्गा लिज (भाडा)मा लिएर तरकारीखेती गर्दै आएका छौँ।’ बारीमा उत्पादित तरकारी बेचेर वर्षमा पाँच लाखदेखि सात लाखसम्मको आम्दानी हुने गरेको उनी बताउछन्। 

बर्सातको समयमा लहरे तरकारी लौका, फर्सी, काँक्रा, बोडी बाली रोप्ने डगौरा हिउँदको मौसममा काउली, बन्दागोभी, गोलभँेडा, फर्सी, खुर्सानी, आलु, तीतेकरेला लगायतको खेतीगर्छन्। जेठ वैशाख महिनामा काँक्रा, लौकाको खेती गर्छन्। योसँगै तरकारीका बेर्ना तयार गरी किसानलाई उनले बिक्री गर्ने कार्य पनि गर्दै आएका छन्। उत्पादित तरकारी स्थानीय बजारमा सहज रूपमा खपत हुने गरेको छ। ‘उत्पादित तरकारी केही बारीबाटै बिक्री हुन्छ’, उनले भने, ‘बारीमा बिक्री हुन नसकेको तरकारी बजारसम्म पु¥याएर बिक्री गर्छौं।’ 

तरकारी बिक्रीबाट डगौराले गाउँमा पक्की घर ठड्याएका छन्। घरमै बेरोजगार भएर बसेका छोराका लागि अटो रिक्सा खरिद गरेर स्वरोजगार बनाएका छन्। सिँचाइका लागि विद्युतीय मोटर, बारी जोत्नका लागि पावर टिलर डगौराले जोडेका छन्। तरकारी बजारसम्म पु¥याएर बेच्नका लागि डगौरासँग मोटरसाइकल पनि छ। घरको अन्न, नुन, तेलदेखि लुगाफाटोसम्मको खर्च तरकारीखेतीको कमाईले धानिएको छ। 

भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा बजारमा तरकारी बेच्न कुनै बेला निकै समस्या हुने गरेको उनी बताउछन्। सरकारी तवरबाट उपलब्ध हुने अनुदान अहिलेसम्म डगौराले नपाएको बताए। ‘दातृ निकायले अगुवा कृषकहरूलाई व्यावसायिक तरकारीखेती गर्ने तालिम दिएको थियो’, उनले भने, ‘त्यही तालिममा सहभागी हुने मौका पाए, तरकारीखेती गर्ने किसानको बारी अवलोकन गरे, त्यसपछि तरकारीखेतीमा संलग्न भए।’

विद्यालयको मुखसम्म देख्न नपाएका महादेव व्यावसायिक तरकारीखेती गर्दा मलको मात्रा कति राख्ने, कुन जातको बीउ प्रयोग गर्ने, कुन बेला सिँचाइ गर्ने, कुन विषादी प्रयोग गर्ने, खेत तयार गर्ने कुरामा निपुण छन्। ‘बुबा, बाजेले अरू कहाँ कमैया बसेर कार्य गरे’, उनले भने, ‘मैले पनि कमैया बसेकै घरमा सानै छँदादेखि गोरुगोठाला भएर काम गरे, तेह्र वर्षको उमेरदेखि नै गोरु जोत्न थाले, विद्यालय जानुपर्छ भन्ने थाहै भएन।’ कमैया बसेकै बेला त्यही विवाह भएको उनी बताउछन्। 

कमैया मुक्तिको घोषणापछि सरकारले पुनः स्थापना गराउँदा यहाँ आएर बसेपछि कमाउने साधन नहुँदा केही दिन ज्याला मजदुरीमा काम गर्नु परेको उहाँ विगत सम्झिँदै बताउछन्। गैरसरकारी संस्थाहरूले सञ्चालन गरेको तरकारीखेती सम्बन्ध तालिम लिएपछि अरू कार्य छाडेर तरकारीखेती गर्न थाले त्यसपछि पैसाका लागि कसैसँग हात थाप्नु नपरेको उनको भनाइ रहेको छ। 

महादेवकै जस्तै नौखरीका मिसालु चौधरी, विपदराम चौधरी, फुलमती चौधरी र जगत डगौराले व्यावसायिक तरकारीखेतीलाई निरन्तरता दिँदै आएका छन्। तरकारीखेतीको कमाईले परिवारको खर्च सहज रूपमा चल्ने गरेको जगत डगौरा बताउछन्। 

तरकारीखेती गर्ने सबैजनाको आर्थिक अवस्था सुदृढ हुँदै गएको छ। व्यावसायिक तरकारीखेतीमा लागेका मुक्त कमैया परिवार भन्दछन्, ‘बजारको व्यवस्थापनसँगै अनुदानका कार्यक्रम गरिखानेसम्म पुर्‍याइनुपर्छ।’ रासस

अघिल्लो लेख ऐश्वर्य क्याम्पसलाई र क्याम्पस प्रमुखलाई बदनियतपूर्ण ढङ्गले बदनाम गर्न खोजियो- क्याम्पस प्रमुख भट्ट
अर्को लेख धनगढी नगर प्रहरीद्वारा एक हजार ४ सय बढी सर्पको उद्धार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिखेलकुदगृहसमाचार

‘बैंक खाता छोरीको: सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

कञ्चनपुरसमाचार

कञ्चनपुरबाट ७ लाख ७६ हजारको भन्सार छलीका सामान बरामद

२०८२ भाद्र १४, शनिबार ११:४२ गते
कञ्चनपुर

कञ्चनपुरमा एक महिला मृत फेला

२०८१ पुष २१, आईतवार १३:०३ गते
कञ्चनपुर

कञ्चनपुरमा सुकुटी सेन्टरकी संञ्चालिकासहित दुई जना पक्राउ

२०८१ माघ ५, शनिबार १०:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?