यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा तिहार अगावै रित्तिँदै बस्ती
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा तिहार अगावै रित्तिँदै बस्ती
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरा

बाजुरामा तिहार अगावै रित्तिँदै बस्ती

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ९, शुक्रबार २३:३० गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा ।बाजुरामा दसैँ सकिएसँगै यहाँका अधिकांश गाउँबस्ती पनि खाली हुन थालेका छन् ।

दसैँ मनाउन गाउँ आएका सबै दसैँ सकिएसँगै धमाधम कामको खोजीमा भारत जान थालेपछि यहाँका गाउँबस्ती खाली हुन थालेका हुन् ।

दसैँ मनाउन गाउँमा आएको र अहिले दसैँ मनाएर फेरि कामको खोजीमा भारत नै जान लागेको बुढीगङ्गा नगरपालिका–२, बजेडीका गोकुल लुहारले बताए ।

यहाँ असोजको पहिलो हप्तादेखि अन्तिमसम्म गाउँ आउनेको निकै लहर थियो । गत बर्खाका दिन खाली भएका यहाँका गाउँबस्ती त्यतिबेला निकै भरिभराउ भएका थिए तर सबै परदेशी फेरि कामको खोजीमा भारत जान थालेपछि ती गाउँबस्ती तिहार आउनुअगावै खाली हुन थालेका छन् ।

असोजको पहिलो सातादेखि बाजुरा फर्किनेको सङ्ख्या निकै बढेको थियो भने यतिबेला बाहिरिनेको सङ्ख्या त्योभन्दा बढी छ । यहाँका मार्तडी, तिपाडा, बल्दे, बाम्का, बेतालमाण्डौँ, रिठा, मालिका र डाब बजारका बस काउन्टरमा यतिबेला भारतमा जानका लागि टिकट लिनेको निकै भिड हुने गरेको छ । अहिले प्रत्येक दिनमा बाजुरादेखि भारतमा जानेको निकै भिडभाड हुने गरेको बाम्का संयुक्त टिकट काउन्टरका जनक बुढाले बताए ।

बाजुरादेखि अहिले पाँच वटा बस दैनिक भरिएर तल जाने गरेका छन् । यसमा झन्डै दुई सय जनाभन्दा बढीको हाराहारीमा यात्रु हुन्छन् । तीमध्ये सबैभन्दा बढी भारतमा जाने यात्रु रहेको बुढाले बताए ।

यहाँका हिमाली, जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकालगायतका स्थानीय भोको पेट पाल्नकै लागि कामको खोजीमा बर्सेनि भारतमा जाने गर्छन् । असारको महिना खेती लगाउन आउने र त्यसपछि भारत जाने र फेरि दसैँतिहारको बेला घरमा आउने चलन पहिलेदेखि अहिलेसम्म उस्तै छ । बाजुरादेखि बाहिरिनेमध्येमा करिब पाँच प्रतिशत जति खाडी मुलुकमा जाने गरेको भए पनि ९५ प्रतिशत भने रोजगारी गर्नका लागि भारतमा जाने गरेका छन् ।

पछिल्लो सयम बाजुराका नौ वटै स्थानीय तहमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालनमा छन् । यो कार्यक्रमले यहाँका अधिकांश बेरोजगारलाई गाउँमै रोजगारी दिने गरेको स्थानीय सरकारका स्वरोजगार संयोजक बताउँछन् । यहाँका १८ वर्षदेखि ५९ वर्षका झन्डै पाँच सय युवकयुवतीले बर्सेनि गाउँमै रोजगारी पाउने गरेको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्षमण जोशीले बताए ।

यी कार्यक्रमले यहाँका सबै बेरोजगारलाई गाउँमै रोजगारी दिन नसके पनि एक वर्षेमा झन्डै पाँच सयभन्दा बढीले गाउँमै रोजगारी पाएको संयोजक जोशीले बताए । प्रधानमन्त्री स्वरोजगारमा काम पाएकाले एक जनाले एक वर्षमा झन्डै ६६ हजार छ सय रुपियाँ पाउने गर्दछन् । यो पैसाले यहाँका स्थानीयलाई घर धान्न निकै सहज बनाएको जोशीले बताए । गोरखापत्रबाट

अघिल्लो लेख कैलालीमा सवारी दुर्घटनामा एकको मृत्यु
अर्को लेख सरकार राजिनामा देउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बाजुरा

राष्ट्रपति पौडेलद्वारा बडीमालिकाको दर्शन

२०८१ कार्तिक १, बिहीबार १४:१४ गते

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदै

२०८१ असार १५, शनिबार ०९:५८ गते
बाजुरा

बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८१ कार्तिक ८, बिहीबार १७:१५ गते
बाजुरा

बाजुरामा करेन्ट लागेर एक जनाकाे मृत्यु

२०८१ श्रावण २७, आईतवार ०९:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?