धनगढी – नायकद्वय बिराज र समिर धनगढी आउँदा एसटीएस सिनेमा हल दर्शकले भरिएको छ ।
२० करोड बढी आम्दानी आर्जन गर्न सफल चलचित्र १२ गाउँका नायकद्वय बिराज भट्ट र समिर भट्ट बिहिबार दर्शकलाई भेट्न धनगढी आइपुगेका हुन् ।
१२ गाउं फिल्ममार्फत नेपाली फिल्म इन्डस्ट्रीमा सानदार कमब्याक गरेका एक्सन स्टार बिराज भट्टले छोरा समिरलाई पनि सोही क्षेत्रमा अघि सारेका छन् ।
नेपाली चलचित्र १२ गाउँको तेस्रो सातामा प्रवेश गरिसक्दा पनि हाउसफुल प्रदर्शन भइरहेको छ ।
चलचित्रमा रहेको विराज भट्ट र समीर भट्टको अभिनय दर्शकले अत्यन्तै मन पराएका छन् ।
आज धनगढीको एसडीएस सिनेमा हलमा पनि दर्शकहरूको अत्यन्तै भिड रहेको थियो ।
साथै कैलाली बिराज र समिरको गृह जिल्ला पनि हो ।




