यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराको घटालथानको निर्माण अलपत्र
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराको घटालथानको निर्माण अलपत्र
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुरा

डडेल्धुराको घटालथानको निर्माण अलपत्र

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ६, मंगलवार १२:४२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

डडेल्धुरा । प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक आर्थिक वर्ष २०७५/७६ मा एक करोड ४२ लाख रुपियाँ बराबरको काम गरिएको थियो । घटालथान क्षेत्रलाई व्यवस्थित र आकर्षणको केन्द्रबिन्दु बनाउने योजनासहित यस पछिका वर्षहरुमा पनि करिब साढे तीन करोड रकम खर्च गरिएको थियो ।

घटालथानमा भौतिक पूर्वाधारका संरचनाहरु निर्माण हुन थालेपछि स्वरुप परिवर्तन हुन थालेको थियो । डोटी खोलामा रहेको घटालथानमा अहिलेसम्म घटोत्कच बाबाको मूर्ति वरपर पर्खाल लगाई थानको निर्माण, थान क्षेत्र बाहिर पर्खाल, प्रदेशद्वार, खोला किनारमा प्याराफिट, खोला आउजाउ गर्न पुल, सिंढीबाटो, तलाउ निर्माणका लागि ड्याम, शवदाह स्थल, पीसीसी बाटो, शौचालय निर्माण गरिएको थियो ।

पछिल्ला वर्षहरुमा भने बजेट नआउँदा भौतिक पूर्वाधार निर्माणको काम रोकिएको थियो । बजेट आएन तर यस वर्षको असोज महिनामा परेको अविरल वर्षापछि डोटी खोलामा बाढी आउदा ड्याम, शौचालय र प्राचिन नौलालगायतका भौतिक पूर्वाधारका संरचनामा क्षति पुगाएको छ ।

अमरगढी नगरपालिका नगर प्रमुख डिल्लीराज जोशीका अनुसार विश्व बैंकको सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको रकमले घटालथानमा भौतिक पूर्वाधारको काम गरिएको थियो । तर पर्याप्त बजेट नहुँदा योजना अनुसार काम पूर्ण रुपमा हुन सकेको थिएन । पछिल्ला वर्षहरुमा बजेट घट्दै गएका कारण कामले तीव्रता पाउन सकेको थिएन । यस वर्ष झन बाढीले क्षति पुगाएपछि पुनर्निर्माण गर्न आवश्यक बजेट नभएको उनले बताए ।

डोटी खोलामा ड्याम लगाई कृत्रिम ताल बनाई डुङ्गा सयर गर्ने योजना बनाइएको थियो । उनले भने, केही ठाउँमा वाटर फाउन्टिन बनाई मनमोहक घटाल बनाउने योजना अनुसार पूर्वाधार निर्माणको काम अघि बढाइएको थियो । २०८९ सम्म प्राप्त भएको रकमले केही काम गरिएको थियो । तर योजना अनुसार सबै काम हुन सकेको थिएन ।

अधुरो रहेको काम पुरा गर्न सम्बन्धित मन्त्रालयहरुमा धाइरहेको नगर प्रमुख जोशीले बताउनुभयो । बुढीघटालका नामले पनि प्रसिद्ध ‘घटालथान’ पर्यटकीय दृष्टिकोणले पनि सम्भावना बोकेको क्षेत्र हो । ‘घटालथान’को अवलोकन गर्ने पर्यटकहरूको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताए । गोरखापत्रबाट

अघिल्लो लेख पोथी गैँडा मृत फेला
अर्को लेख बाम्का बजारको फोहोर व्यवस्थापनमा सकस
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

डडेल्धुरा

डडेल्धुरामा पुगेर देउवा भन्छन् : पश्चिम सेती बन्ने भइसकेको छ

२०८१ कार्तिक २९, बिहीबार ०७:४९ गते
डडेल्धुराप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

डडेल्धुराका सव–ओभरसियर भट्ट घाइते अवस्थामा फेला

२०८१ असार १६, आईतवार ०९:५२ गते
डडेल्धुरासमाचार

डडेल्धुरामा घरमाथि रूख ढल्दा बुहारीको ज्यान गयो, सासू घाइते

२०८२ जेष्ठ ७, बुधबार १६:०९ गते
डडेल्धुरासमाचार

डडेल्धुराकी एक महिला बेपत्ता

२०८२ पुष ११, शुक्रबार १२:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?