यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बुद्ध एयरको ‘माउन्टेन फ्लाइट’मा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बुद्ध एयरको ‘माउन्टेन फ्लाइट’मा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

बुद्ध एयरको ‘माउन्टेन फ्लाइट’मा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १, बिहीबार १३:२६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ । बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाइट)मा गएको ‘नाइन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको छ ।

अहिले उक्त विमानको प्राविधिक टोलीले जाँच गरिरहेको छ । “माउन्टेन फ्लाइटमा गएको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई सुरक्षित अवतरण गरेर अहिले प्राविधिक मर्मत भइरहेको छ”, उनले भने, “आज मौसम बिग्रिएर हिमाल नदेखिएकाले कुनै पनि माउन्टेन फ्लाइट भएनन् ।”

‘आज बिहान माउन्टेन फ्लाईट, उडान नम्बर १०० विमानको ‘कल साइन नाइन एन एजेएस’ विमानको दायाँ इन्जिनमा इण्डिकेटर समस्या देखिएको हुँदा विमानलाई काठमाडौँ सुरक्षित अवतरण गराइएको छ, उक्त विमानलाई बुद्ध एयरका प्राविधिक टिमले चेकजाँच गरिरहेका छन्’ बुद्ध एयरद्वारा जारी सूचनामा भनिएको छ ।

बुद्ध एयरको आजको माउन्टेन फ्लाइटका लागि पाँच उडान निर्धारण गरिएकामा सबै उडान रद्द भएका छन् । टिकट लिएका यात्रुलाई अर्को उडानमा हिमालसम्म लगिने कम्पनीले जनाएको छ । काठमाडौँबाट माउन्टेन फ्लाइटमा गएका विमान हिमाल नदेखिएपछि फर्किएका सूचना अधिकारी कर्णले बताए ।

हिमाली भेगमा लागेको बाक्लो तुवालोका कारण आज कुनै पनि माउन्टेन फ्लाइट नभएको कम्पनीले जनाएको छ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकोले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको थोरै स्थान तथा कोशी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । रासस

ट्याग गरिएको:featured
अघिल्लो लेख टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प
अर्को लेख राष्ट्रपति पौडेलद्वारा बडीमालिकाको दर्शन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

कियोच–काठमाण्डौं बाल अस्पतालले पौष १३ र १४ गते निस्शुल्क बहु–विशिष्टिकृत बाल स्वास्थ्य शिविर गर्दै

२०८२ पुष ११, शुक्रबार ११:२० गते
राष्ट्रिय

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

२०८१ माघ २५, शुक्रबार १२:३३ गते
राष्ट्रिय

कटारीमा चट्याङ लागेर एक बालकको मृत्यु

२०८२ बैशाख २३, मंगलवार ११:१९ गते
राष्ट्रिय

पर्सामा साथीको हत्या गरेको अभियोगमा तीन जना पक्राउ

२०८१ फाल्गुन १६, शुक्रबार १२:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?