यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: उद्धारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: उद्धारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

उद्धारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १२, शनिबार १७:२७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – अविरल वर्षापछि आएको बाढीपहिरो, डुबानलगायतका प्राकृतिक विपद्बाट जोखिममा परेका नागरिकहरूको खोज तथा उद्धारका लागि मुलुकभर २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन्।

नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बलबाट दश हजार पाँच सय ४० जना सुरक्षाकर्मी उद्धारमा परिचालित भएका हुन्। नेपाली सेनाले समेत उद्धार कार्यमा सक्रिय भूमिका निभाइरहेको छ। तर, उनीहरूको संख्या बताइएको छैन।

विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा, विपदमा परेकाहरूको खोज तथा उद्धार र स्वास्थ्य उपचारमा ती सुरक्षाकर्मी सक्रिय रूपमा परिचालित भएका छन्।

सुरक्षाकर्मीले हालसम्म बाढीपहिरो र डुबानबाट प्रभावित एक हजारभन्दा बढी नागरिकको सकुशल उद्धार गरेको गृह मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा मात्रै नेपाल प्रहरीका चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलका तीन हजार पाँच सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन्।

नेपाली सेनाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चारजनाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ। सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ भने राष्ट्रिय अनुसन्धान विभाग सुचना संकलनमा सक्रिय छ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शनिबार दिउँसोसम्म एक हजार ५३ जनाको उद्धार गरिएको जानकारी दिए। यसअघि गृहमन्त्री रमेश लेखकले उद्धार, राहत तथा घाइतेको स्वास्थ्य उपचारमा सरकार सक्रिय भएर लाग्न निर्देशन दिएका थिए। यस्तै, बाढीपहिरोमा अवरुद्ध सडक खुलाउन पनि सम्बन्धित निकायलाई गृहमन्त्रीले निर्देशन दिएका थिए।

ट्याग गरिएको:featured
अघिल्लो लेख धनगढी युथ एलायन्स क्लब गठन, अध्यक्षमा ठकुल्ला र महासचिवमा साउद
अर्को लेख कैलालीमा एक झोलुङ्गे पुल कटानको जोखिममा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

पोखरामा कर्फ्यु आदेश जारी

२०८२ भाद्र २४, मंगलवार १०:२४ गते
गृहडडेल्धुराप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

डडेल्धुराको नवदुर्गाका चार गाउँमा बल्यो बिजुली

२०८१ असार २६, बुधबार ०८:२१ गते
राष्ट्रिय

चार महिनामा भन्सार छलीका १५ करोड १८ लाखको सामान बरामद

२०८१ मंसिर १७, सोमबार ०९:१९ गते
राष्ट्रिय

चिसो र शीतलहरबाट जोगिन विपद प्राधिकरणको अनुरोध

२०८१ पुष १२, शुक्रबार १२:०१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?