धनगढी – धनगढीमा रहेको धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाजले हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको छ।
विद्यालय भित्रका कक्षा ८,९ र १० का ८ वटा समूहलाइ सहभागी गराई उक्त प्रतियोगिता सञ्चालन गरिएको हो।
पूर्व विद्यार्थी तथा उसुका राष्ट्रिय खेलाडी दीपक चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्षमण दत्त भट्ट को प्रमुख आथित्यतामा रहेको थियो।
त्यसैगरी कैलाली बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष यमराज जोशी लगायत विद्यालयका शिक्षक र अन्य पूर्व विद्यार्थी र हाल विद्यालयमा अध्ययनरत विद्यार्थीको सहभागितामा रहेको थियो।
विद्यालयका विद्यार्थीलाई पढाइ सँगै अन्य क्रियाकलापमा सहभागी गराउने अन्य विषयको बारेमा जानकारी दिने उद्देश्यले बेलाबेला यस्ता कार्यक्रम गर्दै आइरहेको उक्त कार्यक्रमका अध्यक्ष दीपक चौधरीले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि भट्टले विद्यालयमा यस्तो सृजनशील क्रियाकलाप गरेकोमा पूर्व विद्यार्थीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्य गरिरहन आग्रह गरेका छन्।






