धनगढी ।विगतमा बाढी र डुबानका कारण कैयौँ पटक विस्थापित हुनु परेका पुलियापुरवासी अहिले निर्धक्कले घरमा बस्न पाएका छन् ।
अग्लो सुरक्षित घर निर्माण भएपछि बाढीको बेला उनीहरू निर्धक्कले घरमै बस्न पाएका हुन् ।
अग्ला घर बनेपछि कैलालीको अति प्रभावित क्षेत्र भजनी नगरपालिका–५ को पुलियापुरवासीले ज्यान जोगाउन हुलाकी राजमार्गमा भाग्नुपर्ने बाध्यता टरेको छ ।
विगत वर्षमा बाढी नआएको बेला पनि पानी जमेर उनीहरू घरमा बस्न सक्दैनथे । बाढी आएपछि सास्ती झनै थपिने गथ्र्याे । मनसुन अवधिभरि उनीहरूको बास हुलाकी राजमार्गमा त्रिपालमुनि हुने गरेको थियो । अग्लो घर निर्माणले अब आफूहरूले डुबान समस्याबाट छुटकारा पाएको स्थानीयको भनाइ छ ।





