काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चाहना र अपेक्षा बमोजिम निर्वाचन प्रक्रिया सहज बनाउनुपर्ने बताएका छन् ।
काठमाडौँमा बुधबार आयोजित दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा)को १२ औँ सम्मेलनको समुद्घाटन गर्दै उनले सो कुरा बताए ।
प्रधानमन्त्री ओलीले भने, “बसाइँसराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबिच देश-विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउनु हामीले साझा प्रयास गर्न आवश्यक छ ।”
प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताएका छन् ।
उनले भने, “कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ ।”




