यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: २१ गतेभित्र बजेट ल्याउने सुदूरपश्चिम सरकारको तयारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: २१ गतेभित्र बजेट ल्याउने सुदूरपश्चिम सरकारको तयारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
सुदूरपश्चिम प्रदेश

२१ गतेभित्र बजेट ल्याउने सुदूरपश्चिम सरकारको तयारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १४, शुक्रबार १४:३३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षको बजेट २१ भदौभित्र ल्याउने तयारी गरेको छ ।

कांग्रेसको नेतृत्वमा एमालेसहितको नयाँ गठबन्धन बनेपछि एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वको तत्कालीन सरकारले ल्याएको साढे ३१ अर्ब बराबरको बजेट प्रदेश सभाबाट पारित हुन सकेको थिएन ।

२० साउनमा कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि कमलबहादुर शाहले २१ साउनमा पदभार ग्रहण गर्दै चाडै बजेट ल्याउने बताएका थिए । सोही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिएका शाहले भदौ पहिलो साताभित्र बजेट ल्याएर रोकिएका कामलाई गति दिने दाबी गरेपनि सरकारले अहिलेसम्म बजेट ल्याउन सकेको छैन ।

सरकारले २४ साउनमा सुदूरपश्चिम प्रदेश सामयिक कर अध्यादेश २०८१ ल्याएर रोकिएको कर संकलनको बाटो खोलेको थियो तर बजेट कहिले ल्याउँछ भन्ने कुरा प्रष्ट छैन ।

यद्यपि मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले २१ भदौभित्र बजेट ल्याउने गृहकार्य गरिरहेको बताएका छन् । शाहले प्रदेश सभामा पेश भइसकेको बजेट पुनर्लेखन र परिमार्जनसहित ल्याउने तयारी रहेको समेत बताए ।

‘सरकारले अगामी २०–२१ गतेसम्म प्रदेश सभामा पेश गर्नेगरी बजेट तयारी गरिरहेको छ’, शाहले भने, ‘पहिले नै सभामा पेश भइसकेको बजेट पुनर्लेखन र परिमार्जनसहित नयाँ आउँछ होला ।’

उनले आवश्यक योजना तथा कार्यक्रम नयाँ बजेटमा समावेश गर्ने र आवश्यक नभएकालाई हटाउने बताए ।

आर्थिक मामिला मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको ६ अर्ब १५ करोड रुपैयाँ बचत हुने अनुमान थियो । तर ४ अर्ब ८४ करोड मात्रै बचत भएकाले बजेटको आकार घट्ने देखिएको छ ।

प्रदेश सभामा यसअघि बजेट पेश भइसकेको तर पारित हुन नसकेको कारणले गर्दा अध्यादेशमार्फत नयाँ बजेट ल्याउने वा प्रतिस्थापन विधेयक ल्याउने विकल्प सरकारसँग छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख २०८० को मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई
अर्को लेख राम्रो टिम बनेपछि नेतृत्व छोड्छु : प्रचण्ड
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिमको साधारण सभा सम्पन्न

२०८१ माघ ११, शुक्रबार १२:२० गते
कञ्चनपुर

कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

२०८१ भाद्र २४, सोमबार १२:३६ गते
राजनीति

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच सरकारका कामबारे छलफल

२०८१ भाद्र १, शनिबार १५:५७ गते
कैलाली

धनगढीमा अबैध काठसहित ४ जना पक्राउ

२०८१ पुष ८, सोमबार ११:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?