यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा बाढी सुकेपछि घर फर्कन थाले विस्थापित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा बाढी सुकेपछि घर फर्कन थाले विस्थापित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा बाढी सुकेपछि घर फर्कन थाले विस्थापित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ८, शनिबार १५:४४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी,  ।घर डुबेपछि विस्थापित भएका कैलालीका बाढी प्रभावित घर फर्कन थालेका छन् । 

बाढी घटेकाले दुई दिनपछि स्थानीय आआफ्नो घर फर्कने क्रम सुरु भएको हो तर घरभित्र हिलो भएका कारण कतिपयको बास अझै सडकमै रहेको छ । 

अविरल वर्षाका कारण कैलालीको कैलारी गाउँपालिकासहित भजनी नगरपालिकाको अधिकांश भूभाग बुधबारदेखि जलमग्न भएको थियो । बाढी घट्दै गएपछि प्रभावितको जनजीवन केही सहज बन्न थालेको छ । 

मोहना, कान्द्रा, पथरैया, काँढालगायतका साना ठुला नदीनालामा आएको बाढीले डुबान गरेपछि सो पालिकाको सबै वडाका ७५० घरपरिवार विस्थापित भएका थिए । प्रभावितहरू हुलाकी राजमार्ग, सुरक्षित भवन, आफन्तको घरमा बस्न बाध्य भएका थिए । डुबानबाट भजनी नगरपालिकामा मात्रै चार हजार ३३७ घरपरिवार प्रभावित भएको जनाइएको छ । 

बाढी घटेपछि भजनीका विस्थापित घर फर्कन थालेको भजनी नगरपालिकाका विपत् व्यवस्थापन स्रोत व्यक्ति विष्णुप्रसाद न्यौपानेले बताए। 

घर हिलाम्मे भएका कारण कतिपय परिवार अझै सडकमै बस्न बाध्य छन् । कैलालीमा सबैभन्दा होचो भूभागमा पर्ने भजनी नगरपालिकाले हरेक वर्ष बाढी विपत्को सामना गर्दै आएको छ । गत वर्ष पनि सो पालिकावासीले थुप्रै पटक डुबान खेपेका थिए । 

यसै गरी कैलारी गाउँपालिका–५ का पाँच विस्थापित परिवार पनि घर फर्केका छन् । कटैनी नदीको बाढीले सो पालिकाको वडा नम्बर ३, ५ र ७ मा डुबान गरेको थियो । 

डुबानका  कारण सुरक्षित स्थानमा सारिएका व्यक्तिहरू घर फर्केको गाउँपालिकाका विपत् व्यवस्थापन स्रोत व्यक्ति भुवन बखरियाले जानकारी दिए । उनका अनुसार बाढीले स्थानीयको अन्न बाली बगाउनुका साथै थुप्रै नोक्सानी गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले जिल्लाभरि बाढी, डुबानबाट करिब चार हजार पाँच सय घरपरिवार प्रभावित भएको जनाएको छ । 

प्रभावितमध्ये केही परिवार विस्थापित भएकोमा हाल धेरै जसो घर फर्केको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । उनले भने, “नदीमा पानीको बहाव घट्दै गएकाले लगभग ८० प्रतिशत विस्थापित घर फर्केका छन् ।” 

प्रभावितलाई यस पटक राहत बाँडिएको छैन । राहतको आवश्यकता भएको भनेर माग नभएका कारणले राहत उपलब्ध नगराएको सूचना अधिकारी जोशीले बताए । उनले भने, “राहतको खासै आवश्यकता नपरेका कारणले राहत बाँडिएको छैन ।” गोरखापत्रबाट 

ट्याग गरिएको:featured
अघिल्लो लेख तनहुँ बस दुर्घटना : तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने
अर्को लेख आचार्य कृष्णबहादुर दमाईलाई धनगढी उपमहानगरद्धारा एक लाख ५१ हजार नगदसहित सम्मान
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम रोयल्स र एसपीए कलेजबीच सहकार्यको सम्झौता

२०८१ मंसिर ४, मंगलवार २१:२४ गते
समाचार

ज्वाइँको मन्त्री पद चैट भएसंगै ससुरा बने २०औँ पटक मन्त्री

२०८१ असार ३१, सोमबार १३:५२ गते
कैलाली

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ फाल्गुन २५, आईतवार १०:१९ गते
कैलाली

One-Day Coding Challenge Empowers Young Women in Tech in Dhangadhi

२०८२ असार २१, शनिबार २२:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?