बझाङ –बझाङमा गएराति गएको पहिरोमा पुरिएर चार जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राति बुङ्गल नगरपालिका–१० को टुमेडामा गएको पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका हुन् ।
उनीहरू एकै परिवारको भएको बताइएको छ । बेपत्ता भएकाहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।





