धनगढी ।कैलालीको भजनी नगरपालिकाका कतिपय किसानको चैते धान खेतमै उम्रिएको छ ।
चैते धान भित्र्याउने बेला गत असार अन्तिमतिर बाढी आएपछि किसानले बाली भित्र्याउन नपाउँदा यस्तो अवस्था आएको हो ।
पाकेको चैते धान धेरै दिनसम्म पानीमा डुबेको डुब्यै भएपछि कुहिनुका साथै खेतमै उम्रिएको छ ।
बाढी डुबानको सबैभन्दा बढी जोखिम रहेको सो पालिकामा किसानको गुजारा चैते धान खेतीबाटै चल्ने गरेको छ ।
गत असार २३ र २४ गते आएको बाढीले चैते धान खेतीमा नोक्सान गरेको स्थानीयले बताएका छन् ।





