यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: संविधान पुनरावलोकन आयोग गठन गर्न जसपा नेपालको माग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: संविधान पुनरावलोकन आयोग गठन गर्न जसपा नेपालको माग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिराष्ट्रिय

संविधान पुनरावलोकन आयोग गठन गर्न जसपा नेपालको माग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १, शनिबार १६:४३ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं –जनता समाजवादी पार्टी नेपालले संविधान संशोधन तथा परिमार्जनका लागि विज्ञहरु सम्मिलित संविधान पुनरावलोकन आयोग गठन गर्न माग गरेको छ ।

साउन २७ देखि ३० गतेसम्म चलेको जसपा नेपालको केन्द्रीय समिति बैठकले संविधान पुनरावलोकन आयोग गठन गरी त्यसको राय सुझाव र सिफारिसमा आधारमा मात्र संविधान संशोधन गर्नुपर्ने निर्णय गरेको छ ।

केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै अध्यक्ष उपेन्द्र यादवले शनिबार भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधनरपुनर्लेखनरपरिमार्जन गर्नका लागि संविधान विज्ञहरु सम्मिलित संविधान पुनरावलोकन आयोग गठन गरी राय सुझाव र सिफारिसका आधारमा गरिनुपर्छ ।’

जसपा नेपालले संविधान संशोधन गरी स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्रधिकारभित्र राख्न पनि माग गरेको छ । त्यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समानुपातिक समावेशी प्रतिनिधित्व भएको संघीय न्याय प्रणाली, राष्ट्रिय र जातीय पहिचानमा आधारित स्वशासनसहितको राज्य संरचना बनाउन पनि माग गरेको छ ।

प्रहरी र निजामती कर्मचारी समायोजनका काम सक्न, प्रदेश र संघीय सरकारका मन्त्रालय घटाउन र प्रदेश मामिलासम्बन्धी विषय प्रदेशलाई नै हस्तान्तरण गर्न पनि जसपा नेपालले माग गरेको छ । ‘संविधान बमोजिम प्रदेशलाई हस्तान्तरण गर्न बाँकी रहेका विभिन्न मन्त्रालय मातहतका निकाय र कार्यालयहरु प्रदेशलाई तुरुन्त हस्तान्तरण गरियोस्’, जसपा नेपालले निर्णयमा भनेको छ ।

जसपा नेपालले राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जनसंख्याको आधारमा संसदीय र प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न माग गरेको छ । त्यस्तै राष्ट्रियसभामा प्रदेशको जनसंख्याको अनुपातमा प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने पनि उसको माग छ । ‘स्वतन्त्र एवं दलविहीनताका आधारमा स्थानीय तहको निर्वाचन हुने व्यवस्था गरिनुपर्छ’, जसपाको निर्णयमा भनिएको छ ।

उच्च मावि तहसम्मको शिक्षालाई व्यवस्थापन र सञ्चालन गर्ने गरी प्रदेश सरकारको मातहतमा राख्न र प्रत्येक प्रदेशमा संघीय सरकारको व्यवस्थापनमा विश्वविद्यालय, कलेज र आवासीय विद्यालय खोल्नुपर्ने पनि जसपाको माग छ ।

जसपा नेपालले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न स्वायत्त, स्वतन्त्र र अधिकारसम्पन्न लोकपालको व्यवस्था गर्न पनि माग गरेको छ । ‘सुशासन र सदाचारको लागि भ्रष्टाचार, कमिसनतन्त्र, नेता र व्यापारीको स्वार्थको जालो, विचौलिया तथा प्रशासनिक असक्षमता, ढिलासुस्ती लगायतका कार्यहरुलाई कडाएका साथ नियन्त्रण गर्ने, निर्मुल पार्न विगतमा भए गरेका यस्ता कार्यहरुका सम्बन्धमा निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्दछ’, जसपाको निर्णयमा भनिएको छ

अघिल्लो लेख प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा भारतभरका डाक्टर आन्दोलनमा
अर्को लेख साउनमा सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

शहीद सप्ताहअन्तर्गत आज गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै

२०८१ माघ १५, मंगलवार १२:१७ गते
राष्ट्रिय

शिवसताक्षीका चार वडालाई ‘नुनिया धानको पकेट क्षेत्र’ घोषणा

२०८१ पुष २, मंगलवार ०९:०२ गते
राष्ट्रिय

मदिरा खाएर श्रीमतीको हत्या गरेर गाडेको आरोपमा श्रीमान पक्राउ

२०८१ पुष ११, बिहीबार ११:१९ गते
गृहराजनीतिराष्ट्रियसमाचार

संविधान संशोधन पश्चगमन होइन : ओली

२०८१ असार २३, आईतवार १५:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?