धनगढी –कैलालीको गोदावरीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१३ का २६ वर्षीय अनिल राना लागूऔषधसहित पक्राउ परेका हुुन्।
इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५ गेटा बजारबाट रानालाई २ सय मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिएको हो।





