धनगढी – धनगढी उपमहानगरपालिका-१ जोशी टोलमा रहेको ग्यालेक्सी मल्टिपल कलेज विद्यार्थीका लागी गन्तव्य स्थान बनिरहेको छ ।
सञ्चालनमा आएको छोटो समयमै ग्यालेक्सी कलेज विद्यार्थी तथा अभिभावकहरुको रोजाईमा पर्दै आइरहेको छ ।
कलेजले गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई प्रेरणासमेत दिने गरेको ग्यालेक्सीमा अध्ययनरत विद्यार्थी गीता भाटले बताइन् ।
त्यस्तै कलेजले सैद्धान्तिक ज्ञानलाई व्यावहारिक बनाउँनका लागि फिल्ड भिजिट, सेमिनार तथा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको विद्यार्थीहरुले बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ग्यालेक्सीले बीबीएकै शैलीमा बीबीएस पढाइरहेको क्याम्पस प्रमुख जेडी भट्टले बताए ।
त्यस्तै क्याम्पसले विद्यार्थीलाई स्थानीय उद्योग व्यवसायहरुको भ्रमण गराएर त्यसको आर्थिक अवस्थाबारे थाहा पाउन अनुसन्धान प्रतिवेदन तयार गर्न लगाएको छ ।
ब्याचलर पढ्दै गर्दा आगामी भबिस्यमा आवश्यकपर्ने सम्पूर्ण ज्ञान-सीप सिकाएर विद्यार्थीलाई दक्ष बनाउँन क्याम्पसले महत्त्वपूर्ण भूमिका खेलिरहेको क्याम्पस प्रमुख भट्टको भनाइ छ ।





