यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: साताैं राष्ट्रिष धाम शैल्यशिखर मालिकार्जुनकाे संक्षिप्त इतिहास
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: साताैं राष्ट्रिष धाम शैल्यशिखर मालिकार्जुनकाे संक्षिप्त इतिहास
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
दार्चुला

साताैं राष्ट्रिष धाम शैल्यशिखर मालिकार्जुनकाे संक्षिप्त इतिहास

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २३, बुधबार १४:२७ गते
SudarshanTelevision
9 मिनेटको
सेयर गर्नुहोस्

दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका वडा नं.-३ मडमा  मालिकार्जुन स्वामी रहेका छन् । मालिकार्जुनकाे बारेमा चित्रण गर्दैगर्दा मालिकार्जुन काे हुन ?  मालिकार्जुनकाे नाम कसरी रहन गयाे भन्ने जिज्ञासा पाठकलाई हुनु स्वभाविक नै हाे ।

पाठककाे जिज्ञासालाई ध्यानमा राखी मालिकार्जुन नाम कसरी रहन गयाे भन्ने कुरा याे लेखमा समेट्नु सान्दर्भिक हाेला जस्ताे लाग्छ । साथै अहिले हरेलाे पर्वकाे सन्दर्भ समेतलाई ध्यानमा राखी मालिकार्जुनकाे संक्षिप्त परिचय संप्रेषण गर्ने अनुमति चाहन्छु ।

स्कन्द पुराणमा अर्जुन पर्वतकाे बारेमा उल्लेख गरेकाे पाइन्छ । हालकाे महाकाली नगरपालिका अन्तर्गत दत्तु र धापकाे टुप्पाे,  मालिकार्जुन गाउँपालिका अन्तर्गत मडकाे टुप्पाे र शैल्य शिखर नगरपालिका अन्तर्गत ग्वानीकाे चुचुराे (टुप्पाे) शिखर रहेकाे करिब १२/१५ किमीकाे दूरीमा फैलिएकाे लामाे नागबेली आकारका बलशिखर, न्वालपानी, माैतामाैती समेतका शिखरहरुकाे मिश्रित रुप नै पाैराणिक अर्जुन पर्वत हाे । 

यस्ता पाैराणिक घटना र हालकाे अवस्थितिले पाैराणिककालमा यस क्षेत्रमा मानव बसाेबास क्षेत्र  रहेकाे र  ऋषिमुनीहरुकाे तपाेभूमि र देवताहरुकाे निवास स्थलकाे रुपमा  देवभूमि रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । 

भगवान शिव मालिकार्जुन अवतारकाे रुपमा यस क्षेत्रमा बिराजमान रहेकाे कुरा स्कन्द पुराण मानसखणडले पनि पुष्टि गरेकाे छ । यस पर्वतमा शिवरुपी अर्जुनले बास गरेकाेले यस पर्वतलाई  अर्जुन पर्वत भनियाे । यसै पर्वतमा मालिकादेवी रुप पार्वतीकाे समेत बास भएकाेले अर्जुन र मालिकाकाे याेगले यस क्षेत्रलाई मालिकार्जुन भनिएकाे हाे ।

मालिकार्जुन मन्दिरकाे बारेमा वर्णन गर्दै गर्दा पूर्णागिरी माता मन्दिरकाे झझल्काे आइरहेकाे छ । पूर्णागिरी  माताकाे दर्शन गर्न जाँदा जति उचाई चढ्नु पर्छ, सायद मडबाट अर्जुन पर्वत (शैल्यशिखर पर्वत धुरा) पुग्न पनि उतिनै दूरी र समय लाग्छ  हाेला । 

हाम्राे परम्परागत धार्मिक मान्यता अनुरुप औल्लेकीहरूले शैल्यशिखर पर्वतमा दर्शनार्थी भएर जानू हुदैन भन्ने मान्यता रहेकाे छ ।  

मडमा अवस्थित मालिकार्जुन मन्दिरबाट करिब दुई अढाई घण्टाकाे पैदल यात्राकाे उचाई पार गरेपछि  शैल्यशिखर धाम शिखर धुरामा पुगिन्छ । तथापि मैले भने शैल्य शिखर धाम शिखर धुराकाे दर्शन गर्ने अवसर जुराउन सकेकाे छैन । 

द्वितीय ज्योतिर्लिङ्गको मालिकार्जुनको अवतारी मूल स्थापना दक्षिण भारतको आन्ध्र प्रदेश राज्यको श्री शैल भन्ने ठाउँमा भएको शिव पुराणबाट पुष्टि भएको पाइन्छ । त्यहाँबाट सौराष्ट्र प्रदेश हुदै कत्युर, गडवाल, कुमाऊँ हुँदै दार्चुलातिर आएको मालिकार्जुन भक्ति गाथामा वर्णन गरेकाे पाइन्छ । 

भारतमा भइरहेको धार्मीक हिंसाका वेला भारतका विभिन्न ठाउँबाट धर्म रक्षाका निम्ती त्यँहाका हिन्दुहरू एक ठाउँवाट अर्को ठाउँमा स्थानान्तरण हुँदै गए । स्थानान्तरण हुदै जाने क्रममा भारतका विभिन्न ठाउँबाट भारतीय हिन्दुहरू आफ्नो इष्टकुलसहित नेपाल प्रवेश गरेको तथ्य मालिकार्जुनकाे भक्तिगाथाहरुबाट स्पष्ट हुन्छ । 

धर्म रक्षा र जीवन रक्षाका क्रममा श्री शैल्य मालिकार्जुन शिवलिङ्ग र शालीग्रामका साथ भारतका विभिन्न ठाउँ हुँदै अभयराज पाण्डेय, निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको हालकाे लेकम गाउँपालिका अन्तर्गत रिठाचौपाताकाे जाइझुल भन्ने ठाउँमा बास बसेको श्रुति छ । त्यही शिवलिङ्ग स्थापित गरी अभयराज पाण्डेयले मालिकार्जुनको पूजन गरेको भन्ने मालिकार्जुनकाे झाेडाेमा उल्लेख छ ।

श्री शैल्य मालिकार्जुन हिमालय एवं पर्वतीय रमणिय स्थलहरू खोजी गर्दै हिड्ने क्रममा दुँहुको हुतिमा समेत बास बसेको मालिकार्जुनकाे भक्तिगाथाहरुमा उल्लेख गरिएकाे छ । श्री मालिकार्जुन ज्योर्तिलिंग स्थायी बासस्थान खोज्दै जाने क्रममा मालिकार्जुनको श्री शैल्य शिखर पर्वतमा आई बसेका हुन् भन्ने कुरा मालिकार्जुनको झोडो स्तुतीगानमा उल्लेख भएको पाइन्छ । 

मालिकार्जुनको शैल्यशिखर धाम मालिकार्जुन गाउँपालिका र शैल्यसिखर नगरपालिकाकाे वडा नम्बर -६ ग्वानीको बिच माथि शिखरधुरामा पर्दछ । आराध्यदेव श्री मालिकार्जुन देवता बासस्थानको खोजीमा रिठाबाट हिडेपछि उता अभयराज पाण्डेय रिठामै बसी मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै थिए । 

उनका अन्य साथिहरू प्रभुको ज्योर्तिलिगंको खोजीका क्रममा विभिन्न ठाउँहरूमा घुम्दै गए । तर, कहि कतै पनि उनीहरूले आफ्ना इष्टदेव मालिकार्जुनको ज्योर्तिलिङ्ग नभेट्टाएपछि भक्ति र शोकमा व्याकुल भए । 

यसरी इष्टदेव मालिकार्जुनको भक्ति भावमा विलीन भएका अभयराज पाण्डेयलाई महाराज मालिकार्जुनले राती सपनामा दर्शन दिई आफू मालिकार्जुनको शैल्य शिखरमा डेरा जमाई बसेको बताए । सपनामा अभयराज पाण्डेयलाई भनेछ, ‘तिमी भक्त एक्लै यहाँ पुग्न सक्दैनौ, म तिम्रो घरमा बाघ पठाउने छु र त्यो बाघको दायाँ खुट्टामा निङालाको सुरा हुनेछ, तिमी नडराउनु र त्यो सुरा बाघको खुट्टाबाट निकाल्नु अनि त्यसपछि बाघ आफ्नो बाटो लाग्ने छ र तिमी पनि बाघकै पछि–पछि आउदै गर्नु । बाघले तिमीलाई म कहाँ पु-याउने छ ।’

त्यसपछि अभयराज पाण्डेको निन्द्रा खुल्छ, र ब्युझी हेर्दा बाहिर उज्यालो भएको हुन्छ, सपनिमा भने जस्तै वहाँको अगाडि प्रभुले भने जस्तै खुट्टामा निङालाको सुरा भएको बाघ देखिन्छ । बाघलाई देखेपछि अभयराजले भयभित हुँदै बाघको खुट्टाको निङालाको सुरा निकाली दिए । अनि बाघ सरासर आफ्नो बाटोतर्फ लाग्छ र अभयराज पाण्डेय पनि बाघकै पछि पछि लाग्छन् । 

बाघले उनलाई शिखर पर्वतको शिलामा पु-याउछ । त्यहाँ पुग्दा अभयराजले साच्चीकै शिवलिंग पाउँछन् । अभयराजले खुसीको आँसु झार्दै महाराजप्रति भक्ति भाव प्रकट गर्छन र त्यतिनै बेला अभयराजले अाकास वाणी सुन्छन् । 

महाराज मालिकार्जुनले अभयराजलाई भने, ‘हे भक्त मेरो स्थायी वसोवास अबदेखि यहि नै हुन्छ, अबदेखि तिमी यही आएर मेरो पुजन र दर्शन गर्न सक्छौ । अरु भक्तहरूलाई पनि यही आउन भनि दिनु भन्दै आकाश वाणी बन्द हुन्छ।’

यसरी शिखरबाट घर फर्केका अभयराजले श्री शैल्य मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै हिडेका अन्य भक्तहरू भिमराज भट्ट, निमनाथयोगी, सुरदास औजी र धिराधारालाई खवर गर्न गाउँ गाउँ मान्छे पठाएछन् र शिवलिंग शिखर पर्वतमा विराजमान भएको र त्यहि पुजाँपाठ गर्नुपर्ने सन्देस दिन्छन् । 

साच्चिकै शिखर पर्वतमा रहेको शिला भित्रको अदृष्य गुफामा यस्तो महान एंव अद्वैत शक्ति छ, जसको बयान गर्न  प्रयाप्त शब्दहरू नै छैनन् ।  म संग भक्तिभाव र सर्मपण छैन, त्याग, तपस्या र साधना पनि छैन् । यसरी मैले आफ्नाे त्याग, तपस्या र संकल्प बिना मालिकार्जुन स्वामीकाे बारेमा प्रशंसा गर्दा मालिकार्जुन स्वामीकाे अपमान गरेकाे ठहरिने छ । 

महाराज मालिकार्जुन विराजमान भएको शिखर पर्वतमा पौराणिक कालदेखी हरेक वर्ष अषाढ शुक्ल चतुर्दसी र कार्तिक शुक्ल त्रियोदसीका दिन विधि अनुसार पुजा अर्थात पुजन, दर्शन गर्ने गरिन्छ । 

महिना दिन अगाडि देखि नुहाई धाेई चाेखाे बसि विशिष्ट खालको नीतिनियम र विधि पार गर्दै पुगिने यो श्री शैल्य शिखर पुजन र दर्शन गार्नाले विघ्न वाधा हट्ने, सत्रु नास हुने, मनमा शान्ति मिल्ने, दरिद्रता नास हुने, मान-सम्मानका साथै मुक्ति प्राप्त हुने  जनविश्वास रहेकाे छ । म पनि माथि उल्लिखित कुराहरुमा सतप्रतिशत बिश्वस्त छु ।

मान सिंह धामी (भाैनबाटी)

उप-प्राध्यापक

कैलाली बहुमुखी क्याम्पस, धनगढी 

ट्याग गरिएको:featured
अघिल्लो लेख योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताले दिए राजीनामा
अर्को लेख सुनको भाउ घट्यो, कतिमा हुँदैछ काराेबार ?
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रिय

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

२०८१ चैत्र २२, शुक्रबार २०:२८ गते
कैलाली

धनगढीको नियमबारे जानकार नभएको भन्दै प्रहरीले हटायो प्लास्टिकका पतङ्गा

२०८१ भाद्र १९, बुधबार १८:२५ गते
राष्ट्रियसमाचार

प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक

२०८२ असार २७, शुक्रबार १०:३० गते
खेलकुद

एनपीएलको खेल तालिका सार्वजनिक : उद्घाटन खेल विराटनगर र जनकपुरबीच हुने

२०८१ मंसिर ४, मंगलवार ०७:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?