बाजुरा ।साउन महिना लागेसँगै बाजुराको ग्रामीण क्षेत्रका महिलालाई कोदो रोप्न चटारो परेको छ ।
यहाँ चामल र गहुँपछि सबैभन्दा धेरै उपभोग गरिने खाद्यान्न कोदो हो । जेठ, असार र साउनको पहिलो हप्तासम्म रोपाइँ गरिसक्ने चलन रहेको छ ।
त्यसपछि साउनको दोस्रो हप्तादेखि भदौको दोस्रो हप्तासम्म कोदो रोप्ने काम हुन्छ । पुरुषभन्दा प्रायः महिला कोदो रोप्न सक्रिय हुने गरेका छन् । गाउँमा पुरुषको बसोबास नभएकाले पनि रोपाइँ र कोदो रोप्न महिलाको संलग्नता बढी हुने गरेको छ ।
बिहानदेखि बेलुकासम्म धान रोपाइँ गरे जस्तो गरी कोदो रोप्ने काम भइरहेको बुढीगङ्गा नगरपालिका–१०, बदेडाकी स्थानीय जुनकला सार्कीले बताउनुभयो । उनले भनीन्, “भदौमा पाक्ने कोदो (अगन खाने कोदो) वैशाखरजेठमा लगाउने र कात्तिकरमङ्सिरमा पाक्ने कोदो यो बेला रोप्ने गर्छौं ।”





