यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टी-२० विश्वकपमा नेपाली क्रिकेटरले गरेको प्रदर्शनमा एसपीएले रोप्यो तीन हजार ४७० बिरुवा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टी-२० विश्वकपमा नेपाली क्रिकेटरले गरेको प्रदर्शनमा एसपीएले रोप्यो तीन हजार ४७० बिरुवा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

टी-२० विश्वकपमा नेपाली क्रिकेटरले गरेको प्रदर्शनमा एसपीएले रोप्यो तीन हजार ४७० बिरुवा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ११, शुक्रबार १७:१९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।धनगढी स्थित एसपीए कलेजले हालै सम्पन्न टी-२० पुरुष विश्वकप २०२४ मा नेपाली क्रिकेटरहरू ले गरेको प्रदर्शनमा तीन हजार चार सय सत्तरी बिरुवा रोपेको छ ।

शुक्रवार कलेजले हरेक रनमा १० र विपक्षी टिम विरुद्ध लिएको हरेक विकेटमा २० बिरुवा रोप्ने पूर्व घोषणा अनुरूप ३,४७० बिरुवा रोपेको हो ।  

कलेजले सामाजिक उत्तरदायित्व बहन गर्दै ग्रिन क्लिन धनगढी सँगको सहकार्यमा धनगढी उप–महानगरपालिको हरित धनगढी कार्यक्रममा सहयोग पुर्‍याउने उद्देश्यका साथ श्री शारदा मा.वि. बैयाबेहेडीले धनगढी वडा नं. २ स्थित नल्का घाटमा उपलब्ध गराएको जग्गामा वृक्षारोपण गरेको हो ।

वृक्षारोपण कार्यक्रममा सहभागी नेपाली राष्ट्रिय टोली २०१६ यु-१९ का पूर्व कप्तान राजु रिजालले क्रिकेट र क्रिकेटरहरूलाई प्रोत्साहन गर्दै एस.पी.ए कलेजले वातावरण प्रवर्द्धन जस्तो सम्मान जनक कार्य गर्दै सरिक हुने अवसर प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

यस्तै, धनगढी उप-महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष धर्मराज ओझाले क्रिकेटरहरूको हौसला बढाउँदै धनगढी उपमहानगरको हरित धनगढी कार्यक्रमलाई समेत सहयोग गर्ने एस.पी.ए कलेजको प्रशंसा सहित धन्यवाद ज्ञापन गरेका छन् ।

सो अवसरमा बोल्दै कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले बिरुवा उपलब्ध गराई सहयोग गर्ने डिभिजन वन कार्यालय धनगढी तथा पर्यावरणको प्रवर्द्धनका लगी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोगी भूमिका खेल्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद सहित आभार प्रकट गरेका छन् ।

वृक्षारोपण कार्यक्रममा धनगढी उप-महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष धर्मराज ओझा, श्री शारदा मा.वि का प्रधानाध्यापक तेज सिंह, विद्यालयका शिक्षक तथा विद्यार्थीहरू सशस्त्र प्रहरी बल दक्षिण बैयाहबेहेडी नल्का घाट धनगढीका प्रमुख अम्मर विष्ट सहितको टोली, ब्राईटवे पब्लिक स्कुलका शिक्षक तथा विद्यार्थीहरू, नेपाली राष्ट्रिय टोलीका क्रिकेटरहहरु क्रमशः नेपाली राष्ट्रिय टोली २०१६ यु-१९ का पूर्व कप्तान राजु रिजाल, यु-१९ २०२४ विश्वकप खेलाडी विपिन रावल, नेपाल ए टिमका नारायण जोशी, यु-१९ २०२१ का सदस्य वसन्त सिंह, पूर्व सुदूरपश्चिम क्रिकेट टोलीका सदस्य विजय राना र सुदूरपश्चिम क्रिकेट टोलीका सदस्य भोजराज भट्ट तथा एस.पी.ए कलेका क्याम्पस प्रमुख, प्राध्यापक, उप-प्राध्यापक तथा विद्यार्थीहरू को संयुक्त सहभागितामा वृक्षारोपण गर्ने कार्य सम्पन्न भएको छ ।

जुन २ बाट अमेरिका र वेस्टइण्डिजमा सम्पन्न टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले गरेको प्रदर्शनका आधारमा उक्त वृक्षारोपण गर्ने घोषणा गरेको एस.पी.ए कलेजले यस अधि वातावरणको संरक्षणमा दुई पटक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मान प्राप्त गरिसकेको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख सौर्य एयरको विमान दुर्घटना : चार शव परिवारले बुझे
अर्को लेख क्याप्टेन मनिष शाक्यलाई आईसीयूबाट सारियो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

गेटा अस्पतालमा उपचार गर्न सुरु

२०८१ भाद्र १, शनिबार ०८:०८ गते
कैलाली

लम्कीबाट लागूऔषधसहित दुई जना पक्राउ

२०८१ आश्विन १०, बिहीबार १९:३१ गते
कैलालीसमाचार

धनगढीका एक जना अतरियाबाट बेपत्ता, आफन्तको उजुरीमा तीन जना पक्राउ

२०८२ आश्विन ९, बिहीबार १३:३६ गते
कैलाली

त्रिनगरमा एसईई आइडलको एक्काइसौं अडिसन

२०८१ फाल्गुन २, शुक्रबार १९:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?