यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुलाको टिङ्कर नाका खुलेपछि स्थानीय व्यापारी ताक्लाकोटमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुलाको टिङ्कर नाका खुलेपछि स्थानीय व्यापारी ताक्लाकोटमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
दार्चुलाराष्ट्रिय

दार्चुलाको टिङ्कर नाका खुलेपछि स्थानीय व्यापारी ताक्लाकोटमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १०, बिहीबार ११:२१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

दार्चुला – । नेपाल–चीन सीमानाका टिङ्कर खुलेपछि स्थानीय व्यापारी ताक्लाकोट पुगेका छन् । 

कोभिड–१९ महामारीका कारण बन्द गरिएको यो नाका करिब पाँच वर्षपछि खोलिएको हो । 

केही दिन पहिले मात्रै चिनियाँ पक्षले नाका खुलेको जानकारी पठाएपछि नेपाली व्यापारी ताक्लाकोट जान थालेका हुन् । 

व्यास गाउँपालिका–१ का स्थानीय योगेश बोहराले चीनबाट नै व्यापारीलाई आउनु भन्ने खबर पठाएको बताए । 

औपचारिक पत्र नपाए पनि व्यास क्षेत्रका स्थानीयमार्फत नाका खुला गरिएको जानकारी पाएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । छाङरु र टिङ्करका केही स्थानीय ताक्लाकोट पुगेका छन् । 

टिङ्करको छियालेकस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) ले टिङ्कर नाका भएर ताक्लाकोट आवतजावत गर्ने नागरिकको अभिलेख राख्ने गरेको छ । छियालेकमा इलाका प्रहरी कार्यालय पनि सञ्चालित छ ।

उक्त नाका बन्द हुँदा ताक्लाकोटमा रहेका नेपाली नागरिकका पसल पाँच वर्षदेखि बन्द थिए । लामो समयको पर्खाइ तथा पहलपछि नाका खुलेको स्थानीयवासी बताउँछन् । 

गत जेठ १७ गते ताक्लाकोटस्थित चिनियाँ अधिकारीसँग दार्चुलाका प्रजिअसहित सुरक्षा अधिकारीले भिडियो संवादमार्फत नाका सञ्चालनबारे छलफल गरेका थिए । 

उक्त छलफलमा असार ११ देखि नाका सञ्चालन हुने तय भएको थियो । केही प्राविधिक तयारी नपुगेको भन्दै चिनियाँ अधिकारीले असार २६ गतेलाई नयाँ मिति पठाएका थिए तर असार २६ गते पनि नाका खुलेन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेको दिन असार ३१ देखि भने नाका खुला गरिएको छ । तिब्बतमा पर्ने पवित्र कैलाश–मानसरोवरको यात्रा सञ्चालन गर्न टिङ्कर नाका वैधानिक रूपमा सञ्चालनको माग स्थानीयले गर्दै आएका छन् । यसका लागि पटक पटक राजनीतिक र प्रशासनिक नेतृत्वलाई अनुरोध गरिएको व्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले बताए । टिङ्कर नाका परम्परागत रूपमा खुले पनि व्यास क्षेत्र र टिङ्कर नाका जोड्ने सडक निर्माणले भने गति लिएको छैन ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा टिङ्कर सडकलाई आठ करोड ५० लाख रुपियाँ बजेट छुट्याएको छ । सामरिक महìवको टिङ्कर सडकमा बजेट न्यून भएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली सेनाले निर्माण गरिरहेको टिङ्कर सडकमा बजेट थप गरेर प्राथमिकताका साथ निर्माण गरिदिन व्यास गाउँपालिकाले नेपाल सरकारलाई अनुरोध गरेको छ । गोरखापत्रबाट

अघिल्लो लेख मुक्तिनाथ जाँदा जोखिम मोलेर पहिरो पार गर्दै बसयात्रु
अर्को लेख सुनको मूल्यमा भारी गिरावट
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, २८ घाइते

२०८१ कार्तिक ३, शनिबार १६:१९ गते
राष्ट्रिय

विपद् र स्वास्थ्य आपत्कालीन अवस्थाको व्यवस्थापन थप प्रभावकारी बनाउने प्रयास

२०८१ माघ १५, मंगलवार १२:४८ गते
राष्ट्रिय

देशभरको मौसम सफा, काठमाण्डौंमा हिजोको तुलनामा चिसो केही कम

२०८१ मंसिर ३०, आईतवार ०७:५१ गते
राजनीतिराष्ट्रिय

प्रधानमन्त्री ओलीसँगको पहिलो प्रत्यक्ष प्रश्नोत्तर आज

२०८१ श्रावण ७, सोमबार ०८:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?