बैतडी –जापानमा अध्ययन गर्दै आएका बैतडीका जनकको नुहाउनेक्रममा मृत्यु भएको छ।
बैतडीको पाटन नगरपालिका–३ का २१ वर्षीय जनकप्रसाद अवस्थीको जापानमा नुहाउनेक्रममा मृत्यु भएको हो।
अध्ययनका लागि करिब ३ महिनाअघिमात्रै अवस्थी जापान गएका आफन्तले बताएका छन्।
जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा निधन भएको हो।





