तपाईं चार पांग्रे गाडी चड्दा
म खुट्टामा राम्रो चप्पल लगाउन सकिन
तपाईं आकाशमा उड्दा
म बयल गाडा चड्न सकिन
अनि भन्नुहोस् त
म तपाईंको पछाडि किन लाग्ने ?
अनि भन्नुहोस्
मैले किन तपाइको पार्टिलाइ भोट दिने ?
तपाईंको छोरा महलमा बस्दा
म खोपामा चिया खान सक्दैन
तपाइको छोरा बुलेट चड्दा
म साइकल चड्न सक्दैन
अनि तपाईंको सन्तान र
महरु कसरी बराबर ?
तपाईंका सन्तान सहरका महंगा स्कुल पढ्दा
मेरा भाइहरु कापी किन्न सक्दैनन्
तपाइँको छोरा बिदेश पढ्न जादा
मेरो पुस्ताका महरु
राम्रो क्याम्पस पढ्न सक्दैनौं
अनि भन्नुहोस् शिक्षा सबैका लाई कसरी ?
तपाईं आकाशमा उढ्दै हुनुहुन्छ
जमिनमा नाच्दै हुनुहुन्छ
हामी अझै एक छाक टार्न
कुटो कोदाली गर्दै छौं ।
तपाईं माग्नु हुन्छ
हामी दिन्छौं
तर हामी माग्छौ
तपाइहरु दिनु हुन्न
किनकि हामी जनता हौ
तपाईं नेता हो ।
त्यसैले मलाई नेता होईन
जनता बन्न मन पर्छ
किनकि नेता भिख मागिरहन्छन
जनता भिख दिरहन्छन
त्यो भिख भोट नि हुन सक्छ
कुर्सी नि हुन सक्छ ।
सर्जक : आभास उपाध्याय, धनगढी





