यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलारीको खोनपुरमा डेढ करोड खर्च भएको झोलुङ्गे पुल प्रयोगविहीन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलारीको खोनपुरमा डेढ करोड खर्च भएको झोलुङ्गे पुल प्रयोगविहीन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

कैलारीको खोनपुरमा डेढ करोड खर्च भएको झोलुङ्गे पुल प्रयोगविहीन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २७, बिहीबार १५:२० गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कैलालीको कैलारी गाउँपालिका–३ स्थित खोनपुर झोलुङ्गे पुल निर्माणका लागि डेढ करोड खर्च भएको छ ।

हाइड्रोलोजी, भौगर्भिक अवस्था समेतको परीक्षणसहितका वातावरणीय प्रभाव मूल्याङ्कन नगर्दा ठुलो रकम खर्चेर बनाइएको संरचना प्रयोगमा आउन नसकेको हो ।

पुल निर्माणका लागि बनाइएको एउटा पिल्लरलाई नदीले बगाएको थियो । बाँकी रहेको अर्को पिल्लर प्रयोगविहीन बनेको छ । पिल्लर एकातिर बनाइएकोमा पछिल्लो समय नदी अर्कोतिरबाट बग्न थालेपछि भएको पिल्लर पनि प्रयोगमा नआएको हो ।

एक करोड ६६ लाख ९० हजार रुपियाँ खर्चेर पुलको नौ वटा पिल्लर समेतका संरचना बनाइएको थियो । तर, सो संरचना प्रयोगमा नआउँदा लगानी खेर गएको छ ।

बाढीले पिल्लर बगाएपछि बाँकी संरचना पनि पुल निर्माणका लागि उपयुक्त नरहेको सङ्घीय सहरी विकास मन्त्रालय अन्तर्गतको पीटीएपी टीबी एकाइको प्रतिनिधिसहितको टोलीले स्थलगत अध्ययन गरी निष्कर्ष निकालेको छ ।

टोलीले नदीको प्रकृति अध्ययन गर्दा बहुपिल्लरयुक्त ६०० मिटर लामो पुल आवश्यक पर्ने र नदी नियन्त्रण गर्दा धेरै लागत लाग्ने अवस्थामा ठेक्का रद्द गर्न सुझाव दिएको छ ।

सो ठाउँमा पूर्वाधार विकास कार्यालयमार्फत मोहना नदीमाथि २५९ मिटर लामो झोलुङ्गे पुल निर्माणको कार्य अगाडि बढाइएको थियो । २०७९ साउन १८ गते आएको बाढीले पुलको एकतर्फको पिल्लर बगाएपछि झोलुङ्गे पुल बन्न सकेन । लगानी खेर गएको छ ।

खोनपुर झोलुङ्गे पुल निर्माणका लागि २०७६ कात्तिकमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी एक निर्माण व्यवसायीसँग दुई करोड ३८ लाख ४३ हजारमा ठेक्का सम्झौता गरिएको थियो । पुल निर्माण अघिका आधारभूत विषयहरुको पर्याप्त अध्ययन विश्लेषण नगरेको कारण हाल खोनपुर पुल बन्न सक्ने अवस्था नदेखिएको महालेखा परीक्षकको कार्यालयले ठहर गरेको छ ।

खरिद पूर्वका कार्य जिम्मेवारीपूर्वक नगर्दा पुल अलपत्र बनेको महालेखा परीक्षकको छैटौं वार्षिक प्रतिवेदनमा उल्लेख छ । अलपत्र रहेको पुल निर्माण कार्यको सम्बन्धमा सार्वजनिक खरिद कानुन बमोजिम आवश्यक निर्णय गर्नुपर्ने महालेखा परीक्षकले सुझाव दिएको छ ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६ मा सार्वजनिक निकायले निर्माणस्थलमा बन्ने संरचना तथा संरचनाको दिगोपना सम्बनधमा हाइड्रोलोजी, भौगर्भिक अवस्थासमेतको परीक्षणसहितको वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था छ ।

मोहना नदीमा खोनपुर झोलुङ्गे पुल नभएपछि स्थानीयले आवतजावतमा सास्ती खेप्दै आएका छन् । पुल नहुँदा मोहना नदी पारि रहेको शिवरत्नपुर गाउँका स्थानीय जोखिम मोलेर डुङ्गाको भरमा नदी तर्ने गरेका छन् । पुल नहुँदा स्थानीयले ठुलो समस्या खेपिरहेको जनाउँदै कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले पुल बनाउनका लागि गाउँपालिकाले पहल गरिरहेको बताएका छन् । -गोरखापत्रबाट

अघिल्लो लेख कैलालीमा एक हजारभन्दा बढी डेङ्गीका बिरामी
अर्को लेख कुखुरा फर्मभित्र सञ्चालकको हत्या
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

पाकिस्तानमा अपहरणमा परेका रेलका एक सय चार जना यात्री मुक्त : १६ जना अपहरणकारी मारिए

२०८१ फाल्गुन २८, बुधबार १०:२५ गते
बझाङ

बझाङमा ९ किलो चरेशसहित एक जना पक्राउ

२०८१ भाद्र २२, शनिबार १४:२५ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ

२०८२ जेष्ठ २१, बुधबार १०:४७ गते
कैलाली

कैलालीबाट लागूऔषध सहित ३ जना पक्राउ

२०८१ फाल्गुन २, शुक्रबार ०९:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?