धनगढी –सिद्धार्थ बैंक धनगढी शाखाले धनगढी उपमहानगरपालिकालाई आर्थिक सहयोग गरेको छ ।
आज बुधबार नगर प्रमुख शैक्षिक सुधार कोषमा बैंकले २ लाख दस हजार आर्थिक सहयोग गरेको हो ।
धनगढी उपमहानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका विपन्न परिवारका बालबालिकाहरुको लागि ‘स्कुल ड्रेस’ खरिद गर्न उक्त रकम सहयोग गरिएको हो ।
आज सिद्धार्थ बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख निराकर सिंह , बैंकका धनगढी शाखा प्रमुख नितेश श्रेष्ठले धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका ४० जना बालबालिकाका लागि पोसाक सामग्री खरिद गर्न सो रुपैयाँ सहयोग गरेको जनाएको छ ।
धनगढी उपमहानगरले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमूना विद्यालय बनाउन पहल चालेको छ ।
उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आर्थिक अभावका कारण विद्यालय छोड्न नपरोस् भनेर नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको नगर प्रमुख गोपाल हमालले बताएका छन् ।





