भुगोलले टाणा बनायाको मेरो पश्चिमलाई
कर्णाली पुलले जोड्याको छ
नेताले छाड्याको मेरो ठाउँ लाई
स्वर्गले चिनायाको छ ।
कठै कति टाढा भया भन्निछन आमा
कसैले हेरन भन्नाछन बा
को सुनिदिन्या बा आमाका कुरडी
कठै छाउ गोठले सिन दिएन
भनी हाल्लिछन दिदी बैनी ।
जिति बर गएका नेता बैरी बन्या
हारी बर बसेका नेता
राम हेर्न्या दर्सक बन्या
भोट दिन्या हामी जन्ता
कसैका आँखाका किडा बन्या
कसैका खुट्टाका चप्पल बन्या ।
कैखी सुनाउनु दुख
सुनिदिन्या कोइ आछिन
कैखी धेकाउनु पीडा
हेरि दिन्या कोइ आछिन ।
सर्जक : आभाष उपाध्याय, धनगढी





