यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बालेनप्रति कांग्रेस सांसदको टिप्पणी- पैसा र बैंसले मात्तिएजस्तो छ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बालेनप्रति कांग्रेस सांसदको टिप्पणी- पैसा र बैंसले मात्तिएजस्तो छ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

बालेनप्रति कांग्रेस सांसदको टिप्पणी- पैसा र बैंसले मात्तिएजस्तो छ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार १४, शुक्रबार १५:११ गते
SudarshanTelevision
3 मिनेटको
balen purna bahadur tamang
सेयर गर्नुहोस्
balen purna bahadur tamang

काठमाडौं– नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले काठमाडौं महानगरपालिकालाई जिम्मेवारी कम भएको बताएका छन् ।

महानगरपालिका भित्रको काममा तीनै तहको सरकार संलग्न हुने र एकअर्कोप्रति समन्वय नगर्ने प्रवृति रहेको भन्दै उनले महानगरभित्र एउटै सरकारले काम गर्ने वातावरणका लागि आग्रह गरे । शुक्रबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)को कार्यशैलीलाई लिएर प्रश्न उठाए ।

‘महानगरपालिकाले कहिले ल्याएर सडक विभागमा फोहोर फालिदिन्छ । कहिले सिंहदरबारभित्र फोहोर फालिदिन्छु भन्ने, कहिले प्रधानमन्त्री कार्यालयमा फोहोर फालिदिन्छु भन्ने । यो राम्रो भएन जस्तो लाग्छ’, सांसद तामाङले भने ।

यहीँनेर उनले दोहोरी गीत सम्झिए । ‘एउटा गीत छ–कोहीकोही मात्तिन्छ पैसाले, कोहीकोही मात्तिन्छ बैंसले दोहोरी गीत गाउँछन् । यो महानगर पालिकामा पैसा पनि बेसी भयो, बैंस पनि भयो । दुइटैले मात्तिएजस्तो छ’, तामाङले भने ।

जिम्मेवारी कम भएकाले यस्तो भएको भन्दै उनले महानगरपालिकालाई जिम्मेवारी थप गर्न आवश्यक रहेको बताए । ‘यस ९महानगर०लाई एउटा काम ९महानगरभित्रको विकास, खानेपानी आदिको सबै काम गर्ने जिम्मेवारी० जम्मा लगाइदिन पायो भने बैंसले पनि मात्तिदैँन, पैसाले पनि मात्तिदैँन’, उनले भने ।

तीन तहको सरकारबीच समन्वय नहुँदा काठमाडौंको विकास सही दिशामा अगाडि बढ्न नसकेको उनले दोहोर्‍याए । उनी भन्छन्, ‘काठमाडौं महागरपालिकाका ३२ वटा वडामा सडक विभागले एउटा काम गरेर हिँडेको छ । कालोपत्रे गरेर हिँडेको छ । नगरपालिकाले एउटा काम गरेर हिँडेको छ । नगर विकासले एउटा काम गरेर हिँडेको छ ।’

काठमाडौं महानगरमा संघीय सरकारले बाटो, खानेपानी, विद्युत् आदिमा कामै नगर्ने र यसको सम्पूर्ण जिम्मेवारी महानगरलाई दिनुपर्ने उनको प्रस्ताव छ । उनले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु– यो ३२ वटै वडामा नेपाल सरकारले कुनै पनि बजेट नदिने । ३२ वटै वडामा नगरपालिकाले नै खानेपानी, फुटपाथ, ढल र कालोपत्रेको काम गर्ने गरी जिम्मा लगाउन सकिन्छ ।’

काठमाडौं महानगरले समेत यस किसिमको जिम्मेवारी खोजेकाले दिन सकिने उनको सुझाव छ ।

अघिल्लो लेख इङ्ग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा
अर्को लेख images आज मदन भण्डारीको ७३ औँ जन्मजयन्ती मनाइँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

खो–खो विश्वकपमा आज क्वार्टरफाइनलका खेल हुँदै

२०८१ माघ ४, शुक्रबार ०९:१८ गते
राजनीति

मल, खाद्यको हाहाकार गराएर सरकारले किसानलाई तड्पाएको भन्दै प्रभु साहले उठाए संसदमा प्रश्न

२०८२ बैशाख २४, बुधबार १३:०९ गते
राष्ट्रियसमाचार

त्रिभुवन विश्वविद्यालयमा कात्तिक १० सम्म पठनपाठन बन्द

२०८२ भाद्र २६, बिहीबार १०:४४ गते
समाचार

‘जेनी जी’ को आन्दोलनमा दुर्गा प्रसाईं पनि मिसिने

२०८२ भाद्र २२, आईतवार १४:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?