यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इलन मस्कको एक्स-एआई अन्य एआई कम्पनीभन्दा धेरै पछाडि
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इलन मस्कको एक्स-एआई अन्य एआई कम्पनीभन्दा धेरै पछाडि
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिखेलकुदगृहसमाचार

इलन मस्कको एक्स-एआई अन्य एआई कम्पनीभन्दा धेरै पछाडि

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार १२, बुधबार १२:०३ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्
कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) प्रति लगानीकर्तामा यति बढी आशा बढिरहेको छ कि नयाँ नयाँ कम्पनीमा ठूलो लगानी गर्नेहरू बढिरहेका छन्। पछिल्लो पंक्तिमा आकर्षणको केन्द्र इलन मस्कको एआई कम्पनी एक्स–एआई परेको छ।

यसले अमेरिकाको सिलिकन भ्यालीका ठूला भेन्चर क्यापिटल कम्पनीले लगानी गर्ने भएका छन्। तिनमा लाइटस्पिड भेन्चर पार्टनर्स, एन्ड्रिसेन होरोवित्ज, सिकोइया क्यापिटल र ट्राइब क्यापिटलजस्ता कम्पनीले लगानी गर्ने भएका छन्। यी सबै कम्पनीले मस्कको कम्पनी एक्स एआई जस्तो नयाँ स्टार्टअपलाई १८ अर्ब डलर बराबरको मूल्यांकन गरेका छन्। यसअघि मस्कले आफ्नो नयाँ कम्पनी एक्स एआईका लागि ६ अर्ब डलर उठाउने घोषणा गरेका थिए।

यो मूल्यांकनपछि उठाइएको रकममा उनको लक्ष्यभन्दा केही लाख डलरभन्दा कम लगानी कबुलिएको एक लगानीकर्ताले बताएका छन्।

अहिलेको एआई बजारमा ओपन एआई सबैभन्दा अगाडि छ। माइक्रोसफ्टको बिङ र को–पाइलट, एन्थ्रोपिक र गुगल पनि दौडमा छन्। यता एक्स एआई भने ती सबैभन्दा कमजोर स्टार्टअप देखिएको छ।

मस्कले अन्य कम्पनी गज्जबकै बनाएको हुनाले त्यसैका आधारमा यो लगानी जुटेको हो। मस्कले यसको ग्रोक च्याटबट बजारमा ल्याउने तयारी गरेका छन्।

सन् २०१८ सम्म मस्क ओपन एआईको सहसंस्थापक थिए। हालका प्रमुख कार्यकारी साम अल्टम्यानसँगको विवादपछि उनले यो कम्पनीसँगको सम्बन्ध तोडेका थिए। त्यसपछि मस्कले ओपन एआई र अल्टम्यानलाई विभिन्न कारण देखाएर मुद्दा हालेका थिए।

एआई प्रणाली बनाइँदा ‘सर्वजन हिताय, सर्वजन सुखाय’को सिद्धान्त अपनाइएको भए पनि पछि नाफाखोर बाटो रोजेको भन्दै मस्कले आलोचना गरेका थिए। मस्कको सो मुद्दा र उनको भनाइलाई पछि ओपन एआईले गलत रहेको र स्वयं मस्क नाफाको बाटो खोजेर ओपन एआईमा गाँसिएको प्रमाण पेश गरेको थियो। सोही आधारमा उक्त मुद्दा यत्तिकै सेलाएको थियो।

त्यसयता मस्कले आफ्नो नयाँ कम्पनीले आर्टिफिसियल जेनरल इन्टेलिजेन्सको पारदर्शितालाई जोड दिने बताएका छन्। उनको कम्पनीले मानिसभन्दा उच्च संज्ञानात्मक क्षमता प्रदर्शन गर्ने र त्यसले सिधासिधा ओपन एआईलाई टक्कर दिने बताएका छन्।

उनले आफ्नो कम्पनी उच्च गुणस्तरको सत्यमा आधारित आर्टिफिसियल इन्टेलिजेन्स हुनेमा प्रतिबद्ध भएको बताएका छन्। पछिल्ला एआईहरू ‘पोलिटिकल्ली करेक्ट’ भएकाले आफूले त्यस्ता कुरालाई सच्याएर एक्स एआई तयार पार्ने बताएका छन्।

त्यसो त मस्कले आफ्नो नयाँ कम्पनीबारे जे भने पनि एक्स एआई अन्य कम्पनीको तुलनामा निकै कमजोर र धेरै पछाडि परिसकेको केही विश्लेषकको धारणा छ। तिनलाई पछ्याउन र सँगसँगै अघि बढ्न मस्कले आधारभूत चिप्सहरूमा अर्बौं डलर लगानी गर्नुपर्ने देखिन्छ। त्यसका लागि हाल उठेको रकम निकै न्यून हुने केहीको धारणा छ।

अघिल्लो लेख सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
अर्को लेख ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

शिक्षक आन्दोलनले पुर्‍यायो सरकारलाई दबाब, शिक्षा ऐन अब संसद्‍मा

२०८२ बैशाख २१, आईतवार ११:०८ गते
राष्ट्रियसमाचार

अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

२०८२ पुष १८, शुक्रबार १२:०७ गते
राष्ट्रियसमाचार

विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदनप्रति शिक्षकहरूको असन्तुष्टि

२०८२ जेष्ठ ५, सोमबार १३:३३ गते
राष्ट्रिय

टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी

२०८१ माघ ८, मंगलवार १४:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?