यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्वकपले क्रिकेटको लोकप्रियता बढाउने अपेक्षा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्वकपले क्रिकेटको लोकप्रियता बढाउने अपेक्षा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिखेलकुदगृहसमाचार

विश्वकपले क्रिकेटको लोकप्रियता बढाउने अपेक्षा

SudarshanTelevision
पछिल्लो अपडेट:
SudarshanTelevision
6 मिनेटको
सेयर गर्नुहोस्

[ad_1]

क्रिकेटको लोकप्रियता विश्वव्यापी बनाउने उद्देश्यले गरिएको नयाँ प्रयोगस्वरूप हुन लागेको आगामी ट्वान्टी–२० विश्वकप क्यारेबियन र अमेरिकामा अर्को महिनाको सुरुदेखि हुँदै छ।

विश्व क्रिकेटमा कुनै इतिहास नभएको अमेरिका र विश्व क्रिकेटमा ठूलो इतिहास बोकेको क्यारेबियन राष्ट्रमा संयुक्त आयोजना गरिन लागेको यो संस्करण आइसिसीको परीक्षण पनि हो। छिटो र आक्रामक शैलीमा खेल्ने फरम्याटको यो विश्वकप क्रिकेटको नवौं संस्करण हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सहभागिता संख्यालाई १६ बाट २० राष्ट्रमा पु¥याउने निर्णय भएपछि यो अहिलेसम्मकै ठूलो विश्वकप पनि हुनेछ। आइसिसीले अमेरिकामा आयोजना गर्न लागेको यो अहिलेसम्मकै ठूलो प्रतियोगिता पनि हो। यहाँ क्रिकेट खेलले धेरै लोकप्रियता पनि पाउन सकेको छैन।

तर, पनि आइसिसीले अमेरिकाका तीन स्थान फ्लोरिडा, टेक्सास र न्युयोर्कमा खेल आयोजना गर्दै छ। यहाँ समूहचरणका कुल १६ खेल सञ्चालन हुनेछन्। बहुप्रतीक्षित भारत र पाकिस्तानबीच हुने खेल पनि अमेरिकामा नै आयोजना हुँदै छ। यो खेल न्युयोर्कमा तय गरिएको छ। यसबाहेक बाँकी खेल भने वेस्ट इन्डिजमै हुँदै छन्। सुपर एट, सेमिफाइनल र फाइनल खेल क्यारेबियन भूमिमा नै तय गरिएको छ। बार्बडोसको ब्रजटाउनस्थित केनिङ्स्टन ओभलमा उपाधि भिडन्त हुने भएको छ। अमेरिकामा क्रिकेट मनोरञ्जनका रूपमा मात्र खेल्ने गरिन्छ। त्यसमध्ये यी तीन स्थानमा क्रिकेटको लोकप्रियता केही मात्रामा छ।

त्यसैले पनि आयोजकले टेक्सास, फ्लोरिडा र न्युयोर्कमा विश्वकप क्रिकेटको खेल सञ्चालन गर्न लागेको हो। क्रिकेट पनि अमेरिकाको समर्थकका लागि मन पर्ने खेल बनाउन आयोजकका लागि यो विश्वकप ठूलो अवसर हुनेछ। क्रिकेट लोकप्रिय रहेका भारतलगायत देशका आप्रवासीले नै रंगशाला भरिने पक्का छ। ‘सबैभन्दा पहिलो कुरा हामी यस विश्वकपलाई ठूलो उत्सवका रूपमा मनाउनेछौं। विश्वका उत्कृष्ट क्रिकेट खेलाडी पनि हेर्ने अवसर घरेलु समर्थकलाई पाउनेछन्,’ ट्वान्टी–२० विश्वकप अमेरिकाका कार्यकारी प्रमुख ब्रेट जोन्सले  भने,‘दोस्रो महत्वपूर्ण पक्ष विश्वकप आयोजनासँगै यो खेलबारे धेरैमा कुतूहलता बढाउनेछ।’

सन् २०२८ मा लस एन्जल्स ओलम्पिक हुँदै छ। त्यहाँ ट्वान्टी–२० फरम्याटको क्रिकेट हुने पक्का भइसकेको छ। त्यसअघि अमेरिकामा क्रिकेट खेल विकास र प्रवर्धन गर्न पनि आइसिसीले यहाँ ठूलो आयोजना गरेको हो। पछिल्लो वर्षदेखि नै अमेरिकामा ट्वान्टी–२० फरम्याटमा मेजर लिग क्रिकेट आयोजनाको सुरुआत गरेको हो। त्यो आयोजनाबाट धेरै नाफासँगै लोकप्रियता पनि केही मात्रामा बढ्यो। यसबाट आइसिसी प्रभावित भयो र अमेरिकी मार्केटमा क्रिकेटलाई बढाउने लक्ष्य राख्यो।

साथै क्रिकेट धेरै लोकप्रिय बन्न नसकेको देशमा यसको लोकप्रियता बढाउने उद्देश्यले पनि आइसिसीले ट्वान्टी–२० विश्वकप आयोजकका रूपमा अमेरिकालाई रोजेको मान्न सकिन्छ। क्रिकेट खेल धेरै पछि मात्र खेल्न सुरु गरेका आयरल्यान्ड र अफगानिस्तान अहिले पूर्ण सदस्य राष्ट्र बनिसकेका छन्। यसले नयाँ राष्ट्रले पनि क्रिकेटमा धेरै फड्का मार्न सक्छन् भन्ने प्रमाणित भइसकेको छ। छोटो फरम्याटको क्रिकेटमार्पmत यो खेल विकास र प्रवर्धन गर्न सहज हुनेछ भन्नेमा आइसिसी विश्वस्त छ। त्यसैले पनि आइसिसीले १६ राष्ट्रले खेल्दै आएको  ट्वान्टी–२० विश्वकपमा सहभागिता संख्या  २० पु¥याएको हो।

आइसिसीको यो निर्णयपछि अमेरिकासँगै क्यानडा र युगान्डाले पहिलो पटक टवान्टी–२० विश्वकप खेल्ने भएका छन्। नेपाल, पपुवा न्युगिनी र ओमानजस्ता देश जसले कमै मात्र विश्वकपमा स्थान बनाउने गरेका छन्, यी राष्ट्रले पनि यस पटक विश्वकप खेल्दै छन्। यो सहभागिताका कारण यी देशका नागरिकलाई क्रिकेट खेलले आकर्षित गर्नेमा दुई मत छैन। २० राष्ट्रलाई पाँच समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउनेछन्। बाँकी राष्ट्रले विश्वकपका समूहचरणमा केही अप्रत्याशित नतिजा ल्याउन सके यसको रोमाञ्चक थप बढ्ने पक्का छ।

ट्वान्टी–२० फरम्याटको विश्वकप

सन् २००७ मा पहिलो पटक आयोजना भएको थियो। पहिलो संस्करणको विजेता भारत हो। यो विश्वकप भेट्रान क्रिकेटर रोहित शर्मा र विराट कोहलीजस्ताका लागि अन्तिम बन्न पनि सक्नेछ। गत वर्ष पनि एकदिवसीय विश्वकप फाइनल गुमाएका यी क्रिकेटर करियरको उत्तरार्धमा पनि छन्। सन् २०१३ देखि आइसिसीका प्रमुख प्रतियोगिताको उपाधि जित्न नसकेकाले भारतसँगै यी दुई क्रिकेटरमाथि दबाब बढिरहेको छ।

प्रकाशित: १५ जेष्ठ २०८१ ०८:३० मंगलबार



[ad_2]

Source link

अघिल्लो लेख ‘बैंक खाता छोरीको: सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र
अर्को लेख यार्सा संकलकबाट एक करोड राजस्व
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

एम्बुलेन्सबाट लागुऔषध तस्करी, ठूलो परिमाणको ट्रामाडोल बरामद

२०८१ चैत्र २३, शनिबार १५:५३ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको सरस्वती माविमा भएको गायन प्रतियोगितामा मातृका प्रथम

२०८१ श्रावण ११, शुक्रबार १६:२८ गते
राजनीति

अहिलेका मन्त्रीलाई ‘स्टन्ट’ गर्नु जरुरी छैन : परराष्ट्रमन्त्री राणा

२०८१ श्रावण १६, बुधबार १८:०७ गते
राष्ट्रियसमाचार

काठमाण्डौं महानगरपालिकाको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक

२०८२ श्रावण ४, आईतवार १६:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?