यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २६ मंगलवार
2026, Jun 9, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारत विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको देश बन्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २६ मंगलवार
2026, Jun 9, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारत विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको देश बन्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

भारत विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको देश बन्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष १६, बुधबार १२:२८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

 एजेन्सी –नेपालको छिमेकी देश भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको देश बनेको छ ।

उसले अबको तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्न सक्ने प्रक्षेपण गरिएको छ । तर अहिलेको आधिकारिक स्थिति सन् २०२६ मा वार्षिक कूल गार्हस्थ्य उत्पादन (जीडीपी) तथ्याङ्क सार्वजनिक भएपछि मात्र पक्का हुने छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि भारतको अर्थतन्त्रले अर्को वर्ष जापानलाई पार गर्ने अनुमान गरेको छ । आइएमएफका अनुसार सन् २०२२ मा भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको थियो । त्यस वर्ष भारतले बेलायतलाई पार गर्दै ऐतिहासिक रूपमा महत्त्वपूर्ण प्रगति हासिल गरेको थियो । अहिलेको सरकारी आर्थिक सूचकअनुसार ४१ खर्ब ८० अर्ब डलरको कूल गार्हस्थ्य उत्पादनसहित भारतले जापानलाई उछिन्दै चौथो स्थानमा प्रवेश गरेको छ ।

भारतको जीडीपी सन् २०३० सम्ममा ७३ खर्ब डलर पुग्ने अनुमान गरिएको छ । सन् २०२६ मा आइएमएफले जापानको जीडीपी ४४ खर्ब ६० अर्ब डलर र भारतको ४५ खर्ब १० अर्ब डलर हुने अनुमान गरेको छ । गएको अगस्टमा अमेरिकाले भारतको रुसी तेल खरिदमा भन्सार शुल्क लगाए पनि भारतले आफ्नो विकास गतिलाई कायम राखेको देखिन्छ ।

सरकारले यसलाई ‘विश्वव्यापी व्यापार अनिश्चितताबीचको लचिलोपन’ को सङ्केतका रूपमा व्याख्या गरेको छ । तर अन्य आर्थिक सूचकले चुनौती पनि देखाएका छन् । जनसङ्ख्याको दृष्टिले, भारत सन् २०२३ मा चीनलाई उछिनेर सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको थियो । सरकारी तथ्याङ्क अनुसार भारतका एक अर्ब ४० करोड जनसङ्ख्यामध्ये झन्डै एक चौथाइ १० देखि २६ वर्ष उमेर समूहका छन् ।

यो युवा जनशक्तिलाई उत्पादनशील बनाउन र समावेशी तथा दिगो विकासका लागि गुणस्तरीय रोजगारी सिर्जना गर्ने चुनौती छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष उपभोग करमा व्यापक कटौती र श्रम कानून सुधारको घोषणा गर्दै आर्थिक वृद्धिलाई समर्थन गर्ने कदम चाल्नुभएको छ । यसैबीच गएको नोभेम्बरमा भारतको औद्योगिक उत्पादन ६.७ प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो लेख सुनको भाउ आज तोलामा एक हजार १ सय रुपैयाँले घट्यो
अर्को लेख भारतबाट ६५४ मेगावाट विद्युत आयात गर्न अनुमति नवीकरण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

समाचार

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले गरे दलित सामाजिक मञ्चको उद्घाटन

२०८१ पुष ९, मंगलवार १२:५६ गते
राजनीतिसमाचार

निजामती सेवा विधेयकमा कर्मचारीको असहमति, जेठ २५ देखि देशव्यापी आन्दोलनको चेतावनी

२०८२ जेष्ठ २२, बिहीबार १३:१० गते
खेलकुदसमाचार

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

२०८२ श्रावण २३, शुक्रबार १०:०५ गते
राजनीतिसमाचार

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादीको निर्णय

२०८२ जेष्ठ १६, शुक्रबार १३:०१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?