यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लन्डनमा सडक दुर्घटनामा मृ*त्यु भएका नेपाली विद्यार्थीको अन्त्येष्टि
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लन्डनमा सडक दुर्घटनामा मृ*त्यु भएका नेपाली विद्यार्थीको अन्त्येष्टि
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

लन्डनमा सडक दुर्घटनामा मृ*त्यु भएका नेपाली विद्यार्थीको अन्त्येष्टि

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष ५, शनिबार १२:३९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

लन्डन ।सडक दुर्घटनामा मृ*त्यु भएका नेपाली विद्यार्थी युबिन तामाङको अन्त्येष्टि गरिएको छ ।

 अन्त्येष्टिमा सहभागी हुँदै नेपाली समुदायका अगुवाहरूले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

युबिनको लन्डनको इस्ट एन्ड रोडस्थित सेन्ट मेरीलेबोन क्रेमेटोरियममा अन्त्येष्टि गरिएको हो । बौद्ध कम्युनिटी सेन्टर यूके, लन्डन शाखाका लामा गुरु कर्मा वाङ्गेलले दिवंगत युबिनको आत्माको चिरशान्तिका लागि प्रार्थना वाचन गरे ।

श्रद्धाञ्जली अर्पण गर्दै एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले उच्च शिक्षाका लागि बेलायत आएका युवा विद्यार्थी युबिनको दुःखद निधन उनको  परिवारका लागि मात्र नभई सम्पूर्ण नेपाली समुदायका लागि अपूरणीय क्षति भएको बताए ।

उनले ‘हिट एन्ड रन’ घटनामा दोष स्वीकार गरिसकेका बेलायती र्‍यापर घेट्सविरुद्ध कडा कारबाहीको माग पनि गरे ।

युबिनप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरूमा युनिभर्सिटी अफ रोह्याम्पटन अन्तर्गत साउथल्यान्ड्स कलेजका प्रमुख लुइस रेडफर्न, तामाङ घेदुङ यूकेका अध्यक्ष हरि सिंह वाइबा, तामाङ सोसाइटी अफ यूकेका महासचिव सोमरस तामाङ, गोर्खा नेपाली वेलफेयर सोसाइटीका अध्यक्ष गञ्जा आले, धरान समाज यूकेका जीवन राना तथा मगर एसोसिएसन यूकेका कोषाध्यक्ष मोहन थापा थिए।

परिवारको तर्फबाट मेजर अवतार श्रेष्ठले श्रद्धाञ्जली मन्तव्य वाचन गरेका थिए ।

र्‍यापर घेट्सले स्वीकारे दोष

बेलायती र्‍यापर घेट्सले उत्तर–पूर्वी लन्डनमा भएको ‘हिट एन्ड रन’ दुर्घटनामा युबिनको मृत्युका लागि आफू दोषी भएको स्वीकारेका छन्।

घेट्स, जसको वास्तविक नाम जस्टिन क्लार्क-सामुएल हो, ले १८ अक्टोबर २०२५ मा उत्तरपूर्वी लन्डनको इलफोर्ड क्षेत्रमा आफ्नो गाडीले २० वर्षीय युबिन तामाङलाई ठक्कर दिएपछि नरोकी भागेका थिए।

प्रहरीका अनुसार उनी ३० माइल प्रतिघण्टा गति सीमाभन्दा बढी ६० माइल प्रतिघण्टाभन्दा बढी गतिमा गाडी चलाइरहेका थिए र बाटो काटिरहेका युबिनलाई ठक्कर दिएका थिए।

पूर्वी लन्डनको वुडफोर्ड निवासी ४१ वर्षीय क्लार्क–सामुएलले खतरनाक रूपमा सवारी चलाएर युबिनको मृत्यु गराएको अभियोग स्वीकार गरेका छन् ।

त्यही दिन खतरनाक ड्राइभिङसम्बन्धी अर्को अभियोग पनि उनले स्वीकार गरेका छन्। यसका साथै उनीमाथि कानुनी सीमाभन्दा बढी रक्सी सेवन गरेर सवारी चलाएको र खतरनाक ड्राइभिङसम्बन्धी थप दुई अभियोग पनि लगाइएका छन्।

ट्याग गरिएको:#featured
अघिल्लो लेख कण्ठरोग निवारणमा नेपालको ऐतिहासिक सफलता, गलगाँडको समस्या शून्य
अर्को लेख बैतडीमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किँदा चार जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

५१ वर्षपछि बोलोग्ना कोपा इटालियाको च्याम्पियन

२०८२ जेष्ठ १, बिहीबार १०:२६ गते
खेलकुद

हङकङ र लाओससँगको फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

२०८२ बैशाख १५, सोमबार १७:४२ गते
अर्थ-वाणिज्य

सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घट्यो

२०८१ कार्तिक २९, बिहीबार १४:३९ गते
राजनीतिसमाचार

देउवा निवासमा कर्मचारी युनियनको घेराउ, निजामती विधेयकमा ६ बुँदे सुधारको माग

२०८२ जेष्ठ १८, आईतवार ११:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?