यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ : मन्त्री घिसिङ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ : मन्त्री घिसिङ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ : मन्त्री घिसिङ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २, बुधबार ११:५८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फ नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री समेत रहेका घिसिङले राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देव टनकपुर ब्यारेजको आज बिहान निरीक्षण गरी नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्ने विषयमा भारतीय पक्षसँग निरन्तर छलफलका साथै पत्राचारसमेत भइरहेको उल्लेख गरे ।

कञ्चनपुरको सुक्खाग्रस्त झन्डै पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा नहर बनिसकेकाले भारतको तर्फबाट पानी छोड्ने निर्णय आउने उनले विश्वास व्यक्त गरे । नेपाल–भारतबीच एकीकृत महाकाली सन्धिअनुरुप नेपालले हिउँदयाममा तीन सय क्यूसेक र वर्षायाममा एक हजार क्यूसेक पानी पाउने व्यवस्था रहेको छ ।

यसअनुसार पानी उपयोग गरी सिँचाइ सुविधा उपलब्ध गराउन संरचना बनिसकेका छन् । झन्डै नौ अर्ब लगानी भइसक्दा पनि प्रतिफल पाउन नसकेको भन्दै स्थानीय रुपमा आलोचना हुने गरेको छ । पानी सञ्चालन नभएकाले निर्मित संरचना बिग्रिन थालेको आयोजनाले जनाएको छ ।

महाकाली सिँचाइ आयोजनामार्फत् सतह सिँचाइबाट २८ हजार, भूमिगत सिँचाइबाट ५ हजार गरी ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको छ । आयोजनाको कूल अनुमानित लागत ३५ अर्ब रुपैयाँ रहेको छ ।

अघिल्लो लेख दार्चुलामा भन्सार छलीका सामानसहित दुई जना पक्राउ
अर्को लेख एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

माधव नेपालको सांसद पद निलम्बन

२०८२ जेष्ठ २२, बिहीबार १६:०५ गते
समाचार

छयानब्बे वर्षमा नागरिकता अहिले पनि बारीमा काम गर्ने जाँगर

२०८१ फाल्गुन १२, सोमबार ०९:०२ गते
बैतडीराष्ट्रिय

पशुपतिनाथबाट बैतडीका आचार्य कृष्ण दमाईंकाे सन्देश

२०८१ श्रावण २६, शनिबार ०९:१७ गते
कैलालीसमाचार

कैलालीमा एक सुत्केरी महिला मृत फेला, नवजात शिशु शकुशल

२०८२ असार ६, शुक्रबार १०:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?