काठमाडौं ।दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन् ।
प्लेअफअन्तर्गत आज पहिलो क्वालिफायर हुँदैछ जहाँ अंकतालिकामा शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ ।




