काठमाण्डौं :चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ।
टस जितेर ब्याटिङमा उत्रिएको चितवनले ४ विकेट गुमाएर १७६ रन बनायो।
चितवनका लागि डेविड मलनले सर्वाधिक ८० रन बनाए। अर्जुन साउदले ५२ रनको योगदान दिँदा रवि बोपरा र सैफ जैवले क्रमश ३ र ७ रन बनाए। कुशल मल्लले अविजित ३० रन बनाए।
जनकपुरका लागि माझ सदाकत, अनिल साह, रुपेश सिंह र जन निकोल लफ्टी इटनले समान एक एक विकेट लिए।





