यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तराई–मधेशमा छठ पर्वको रौनकः आस्था, निष्ठा र उत्साहको संगम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तराई–मधेशमा छठ पर्वको रौनकः आस्था, निष्ठा र उत्साहको संगम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

तराई–मधेशमा छठ पर्वको रौनकः आस्था, निष्ठा र उत्साहको संगम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक ९, आईतवार १०:५९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

नवलपरासी: यतिबेला तराई–मधेश क्षेत्रमा आस्था र निष्ठाको महापर्व छठ पर्व र उत्साहले उत्सवमय बनेको छ । सूर्यदेव र छठी माताको उपासना गरिने यो पर्व अहिले तराईको भूगोल नाघेर राष्ट्रिय पर्वको रूपमा स्थापित हुँदै जाँदा तराई–मधेश समुदायमा हर्ष र उमङ्ग छाएको छ ।

कात्तिक शुक्ल चतुर्थी (नहाय–खाय) बाट विधिवत् रूपमा सुरु चार दिने यस पर्वका लागि तराई–मधेशका नदी, पोखरी र जलाशयहरूलाई नवदुलहीझैँ श्रृङ्गार्ने कार्य जारी छ । स्थानीय नदि, तलाउ, खोला लगायतका प्रमुख छठ स्थलहरूमा भव्य सजावट भइरहेको छ । स्थानीय युवा क्लब तथा समुदायहरू सरसफाइ, घाट निर्माण, र रंगीन बत्ती तथा ध्वजापताकाले छठ घाटहरू सजाउन व्यस्त छन् ।

बजारमा पनि छठ पर्वको आवश्यक सामग्री, जस्तै बाँसका डाला, नाङ्लो, माटोका भाँडाकुँडा, उखु, नरिवल, ठेकुवा र भुसुवा ९कसार० बनाउन प्रयोग हुने शुद्ध अन्नको किनमेल गर्नेहरूको घुइँचो लागेको छ ।

छठ पर्वलाई पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पूरा गर्नका लागि सूर्यको उपासना गरिने पर्वका रूपमा लिइन्छ । पहिलो दिन व्रतालुहरू मुख्यतः महिलाहरू ले कठिन निर्जल व्रतको सङ्कल्प गर्छन्, जसलाई “नहाय–खाय“ भनिन्छ । दोस्रो दिन “खरना’’ मा दिनभर उपवास बसी राति खीर, पुरी लगायतका चोखो परिकार ग्रहण गरेपछि ३६ घण्टाको कठोर निर्जल व्रत सुरु हुन्छ ।

पर्वको मुख्य दिन दिन व्रतालुहरूले ठकुवा, भुसुवा, फलफूल र अन्य मिष्ठान्नले भरिएका ‘कोशी’ ९पूजा सामग्रीको डालो० लिएर जलाशय किनारमा पुग्छन् र अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । रातभर घाटमै जाग्राम बसेर छठी माताको आराधना गरिन्छ । भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ ।

छठ पर्वलाई धार्मिक सद्भाव र सामूहिक भावनाको प्रतीक पनि मानिन्छ । यो पर्वमा जात, धर्म र क्षेत्रीयतालाई ओझेलमा पार्ने गरी विभिन्न समुदायका मानिसहरू एकै ठाउँमा भेला भई सूर्यदेवको उपासना गर्छन् । स्थानीय प्रशासनले छठ पर्वलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन छठ घाटहरूमा सुरक्षा व्यवस्थालाई चुस्त बनाएको छ । तराई–मधेशको यो महापर्वले अहिले सम्पूर्ण देशलाई एक किसिमको पवित्रता, उत्साह र सामाजिक सद्भावको सन्देश दिइरहेको छ ।

अघिल्लो लेख बाँकेमा बाघको आक्रमणबाट एकको मृत्यु
अर्को लेख सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो : तोलाको २ लाख ४१ हजार ९००
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको हाम्रो मेडिकलद्वारा प्रहरी चौकी त्रिनगरलाई सहयोग

२०८१ मंसिर १४, शुक्रबार २१:२३ गते
राष्ट्रिय

क्यान्सरका बिरामीले अब सातै प्रदेशबाट सेवा पाउने

२०८१ भाद्र १६, आईतवार १७:२५ गते
खेलकुद

अर्जुन ट्रफीमा डडेल्धुराले धनगढीलाई ८ विकेटले हरायो

२०८१ माघ १९, शनिबार १८:५४ गते
अर्थ-वाणिज्यसमाचार

देशको अर्थतन्त्र र बाणिज्य क्षेत्रमा योगदान पुर्‍याएका व्यवसायी सम्मानित

२०८२ श्रावण १, बिहीबार ११:०१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?