यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि, सशस्त्र प्रहरीको सलामी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि, सशस्त्र प्रहरीको सलामी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि, सशस्त्र प्रहरीको सलामी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक ४, मंगलवार ११:२७ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर: इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । महाकालीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्येष्टि गरिएको हो । विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।

उनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको थियो । काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्‍याइएको थियो । विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए ।

राति अबेर घरमा शव ल्याइपुर्‍याइएकाले आज बिहान शवयात्रासहित महाकाली नदी किनारमा लगेर अन्त्येष्टि गरिएको हो ।

दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल गएका विपिन जोशीको हमास लडाकुको नियन्त्रणसँगै हत्या भएको थियो ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । हमास लडाकुहरु गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी सन् २०२३ को अक्टुबर ७ मा आक्रमण गरेका थिए ।

उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । दुई वर्षसम्म उनको अवस्था अज्ञात थियो ।

तर इजरायल र हमासबीच हालै युद्धबिराम भएपछि बन्धकहरुको रिहाइ गर्ने क्रममा गत २८ असोजमा इजरायली सेनाले विपिनको सन् २०२३ तिरै हत्या पुष्टि भएको सूचना इजरायलस्थित नेपाली दूतावासलाई दिएको थियो ।

नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति ९रासस०का अनुसार इजरायलले पठाएको फरेन्सिक परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ ।

तिहारको बेला विपिनको शव घर आइपुग्दा सन्नाटा छाएको छ । ‘बहिनी पुष्पा यसपाली भाइटीकामा दाजुसित भेट हुने आशामा थिइन्,’ परिवारका सदस्य किशोर जोशीले भने, ‘लक्ष्मीपूजाका दिन विपिनको शव आँगनमा आइपुग्दा परिवार शोकमा डुबेको छ ।’ बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिकता पाएपछि घरमा तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलेकी जोशी परिवारको भनाइ छ ।

अघिल्लो लेख डेडिकेटेड र ट्रङ्कलाइनको प्रिमियम नतिरेका उद्योगको लाइन काट्न थालियो
अर्को लेख लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

पृथ्वीनारायण शाहका सल्लाहकार बिसे नगर्चीको इतिहास समेटिएको पुस्तक सार्वजनिक

२०८१ भाद्र १३, बिहीबार १६:५६ गते
कञ्चनपुर

कञ्चनपुरमा घरको आगनमा श्रीमान श्रीमती मृत फेला

२०८१ कार्तिक ९, शुक्रबार ११:३१ गते
कञ्चनपुरप्रदेश

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

२०८१ असार २८, शुक्रबार ०९:४४ गते
राष्ट्रिय

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

२०८१ माघ २५, शुक्रबार १२:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?