यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दाङका लोकेन्द्र रोकामगर बेमौसमी फूलखेती गरेर राम्रो आम्दानी गर्न सफल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दाङका लोकेन्द्र रोकामगर बेमौसमी फूलखेती गरेर राम्रो आम्दानी गर्न सफल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कृषिसमाचार

दाङका लोकेन्द्र रोकामगर बेमौसमी फूलखेती गरेर राम्रो आम्दानी गर्न सफल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन १२, आईतवार १५:१७ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

दाङ :घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा यतिबेला सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उहाँले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । बेमौसममा फूल फुलाउने र माला बिक्री गरी राम्रै कमाई हुँदै आएको उहाँ बताउनुहुन्छ ।

चाडपर्वमा मात्र नभई मगरको बारीमा अरू बेला पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गर्नुभएका उहाँ यही व्यवसायमा सन्तुष्ट हुनुहुन्छ । उहाँ बिगतमा वैदेशिक रोजगारमा हुनुहुन्थ्यो । वार्षिक रूपमा ३५ लाख बढीको फूल, माला बिक्रीको कारोबार गर्दा १०र१५ लाख वार्षिक रूपमा बचत हुने उहाँको भनाइ छ ।

‘विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती थालेको हुँं’, उहाँले भन्नुभयो, ‘बाहिरी देशमा कमाएको भन्दा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने उहाँको सोच छ ।’

रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका रोकामगरले जिल्लामा दशैँ, तिहारलगायत पर्व एवम् अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थाल्नुभएको हो । अहिले उहाँले फूललाई प्रतिकेजी चार सय रुपैयाँका दरले र माला एक थानलाई एक सय रुपैयाँमा बिक्री गर्दै आउनुभएको छ ।

उमेरले ४० वर्ष पुग्नुभएका किसान मगरले विगत १३ वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ । यस वर्ष पनि तीन बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको बताउनुहुन्छ । जलजला पुष्प फार्मबाट व्यावसायिक रूपमा फूलखेती गर्दै आउनुभएका किसान मगरले स्थानीय केही नागरिकलाई रोजगारीसमेत दिनुभएको छ ।

अहिले जिल्लासहित चितवन, बुटवलमा पनि फूल, माला पठाउँदै आएको बताउनुहुन्छ । असोज महिनामा विभिन्न सभा, सम्मेलन, कार्यक्रम र विवाह, पूजालगाएत कार्यमा फूलमाला बिक्री भइरहेको उहाँ बताउनुहुन्छ ।

उहाँले बिहेको माला पनि तयार पारेर बिक्री गर्दै आउनुभएको छ । माला एक हजारमा रुपैयाँमा बिक्री गर्ने गनुभएको छ । किसान मगरले माला बनाउनका लागि बिजुलीको फूल पनि उत्पादन गर्नुभएको छ । किसान रोकामगरले विभिन्न प्रजातिका फूलका बिरुवा पनि उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । व्यावसायिक रूपमा फूलखेती गरेका र अन्य घर वरपर सजाउनका लागि पनि फार्ममै आएर नागरिकले लैजाने गरेको उहाँले बताउनुभयो ।

अब तिहार पनि आउँदै गरेकाले सरकारीस्तरबाट पलाष्टिकका मालालाई प्रतिबन्ध लगाएमा फूलखेती गरेका किसानलाई राहत हुने उहाँ बताउनुहुन्छ । पछिल्लो समय आमनागरिकले पनि स्थानीयस्तरमा उत्पादित सयपत्रीको माला नै प्रयोग गर्ने प्रचलन बढ्दै गएकोप्रति उहाँ खुसी हुनुहुन्छ । यस व्यवसायमा उहाँलाई परिवारको पनि राम्रो साथ र सहयोग मिलेको छ ।

जिल्लामा व्यावसायिक रूपमा फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै जान थालेपछि यसको मूल्य पनि पहिलेको तुलनामा घट्दै गएको छ । तर आमनागरिकले कम मूल्यमा पनि स्थानीयस्तरमै उत्पादित ताजा फूलमाला प्रयोग गर्न पाएकोप्रति किसान मगर खुसी व्यक्त गर्नुहुन्छ ।

अघिल्लो लेख सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च : सुन तोलाको दुई लाख २३ हजार नाघ्यो
अर्को लेख दाङका लोकेन्द्र रोकामगर बेमौसमी फूलखेती गरेर राम्रो आम्दानी गर्न सफल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रिय

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

२०८१ कार्तिक ४, आईतवार १७:४३ गते
कैलालीसमाचार

कैलालीको अत्तरिया बसपार्कमा चोरी गर्ने दाङका ३ जना पक्राउ

२०८२ जेष्ठ ३०, शुक्रबार १२:१८ गते
राष्ट्रिय

मोरङबाट तीन नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ

२०८१ चैत्र २५, सोमबार १०:२४ गते
राष्ट्रिय

शिक्षक आन्दोलन : वार्ता पनि, सडक आन्दोलन पनि!

२०८२ बैशाख १७, बुधबार १०:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?