यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार ४ बिहीबार
2026, Jun 18, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा अवरुद्ध सेवा पुनःसञ्चालन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार ४ बिहीबार
2026, Jun 18, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा अवरुद्ध सेवा पुनःसञ्चालन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलालीमा अवरुद्ध सेवा पुनःसञ्चालन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन ४, शनिबार १४:४८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :जेनजी युवाको प्रदर्शनका क्रममा तोडफोड र आगजनीपछि अवरुद्ध बनेका कैलालीका विभिन्न सरकारी कार्यालयले आफ्नो सेवा प्रवाह पुनःसञ्चालन गरेका छन्।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासनसहित अन्य कार्यालयले सेवा प्रवाहलाई आंशिक रूपमा सुरु गरेका हुन्। सेवा अवरुद्ध बनेका कतिपय कार्यालयले सेवा सञ्चालन गर्ने तयारी गरिरहेका छन्। आन्तरिक राजस्व कार्यालयले बिहीबारदेखि कार्यालय परिसरमा करदातालाई दिनुपर्ने अत्यावश्यक सेवा सुरु गरेको छ। कार्यालयका प्रमुख कर अधिकृत मोहनसिंह बस्नेतले कार्यालय परिसरमा रहेको टहरोबाट सेवा प्रवाह सुरु गरिएको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले यहाँका सरकारी निकायमा भएको भौतिक क्षतिको यकीन विवरण तयार पार्न सहरी आवास तथा भवन कार्यालयमार्फत काम अघि बढाइएको जानकारी दिए। जिल्ला सदरमुकाम धनगढीमा रहेका यातायात, भन्सार, कोष तथा लेखा नियन्त्रकलगायत विभिन्न पालिका कार्यालयले आंशिक रूपमा सेवा सुरु गरिरहेका छन्। भूमिसुधार तथा मालपोत कार्यालयले भवनमा सरसफाइ, विद्युत् र इन्टरनेट जडान, जिन्सी समानको व्यवस्थापनलगायत काम गरिरहेकाले शीघ्र नियमित रूपमा सेवा दिन सुरु गरिने जनाएको छ।

कार्यालय प्रमुख एवं मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले केही दिनभित्रै सेवा सुरु गर्नेगरी तयारी भइरहेको जानकारी दिए। सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय तथा मातहतका कार्यालय शीघ्र सेवा प्रवाह गर्न जुटेका छन्। मन्त्रालय तथा कार्यालयबाट प्रवाह हुने सेवा अवरुद्ध हुँदा जनताले झेल्दै आएका सास्तीलाई मध्यनजर गरी शीघ्र काम सुरु गर्न सरकारले पहल थालेको हो।

मुख्यमन्त्री कमलबहादुर शाहले आज क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गर्नुका साथै तत्काल कार्यालय सञ्चालन गरी जनतालाई सबनाउने विषयमा कर्मचारी र विकास साझेदारसँग छलफल गरे। आगजनीले क्षतिग्रस्त बनेको प्रदेशसभा सचिवालयले भने आंशिक रूपमा काम सुरु गरिसकेको छ। प्रदर्शनका क्रममा कैलालीका सरकारी र निजी गरी एक सय ३७ कार्यालय, भवन र घरमा आगजनी तथा तोडफोड हुँदा अधिकांश संरचना पूर्ण रूपमा क्षति भएका छन् भने छ सय ६४ सवारीसाधन जलेर नष्ट भएका थिए। रासस

अघिल्लो लेख कैलालीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा डडेल्धुरको एक जनाको मृत्यु
अर्को लेख स्वास्थ्य मन्त्रालयको भवन पनि प्रयोग अयोग्य
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

विद्यालय शिक्षा विधेयकका धेरैजसो बुँदामा सहमति

२०८२ जेष्ठ ४, आईतवार ११:०२ गते
राष्ट्रिय

बाढीपहिरोमा परी १८२ जनाको मृत्यु

२०८१ भाद्र २, आईतवार १८:५१ गते
कैलालीसमाचार

कैलालीमा रहेर खरो पत्रकारिता गर्ने बिष्ट सम्मानित

२०८२ जेष्ठ २९, बिहीबार १२:१० गते
राजनीति

दश महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक

२०८२ बैशाख २५, बिहीबार १२:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?