धनगढी –अनेरास्ववियु कैलाली बहुमुख क्याम्पसको १५औं क्याम्पस सम्मेलनबाट पुष्प रानाको नेतृत्वमा ५१ सदस्य कमिटी सर्वसम्मत चयन भएको छ।
आज कैलाली क्याम्पसको कन्फ्रेन्स हलमा भएको सम्मेलनबाट अध्यक्षमा पुष्प राना, उपाध्यक्ष दीपक चौधरी ,हृदया रावल र धुर्व जोशी चयन भएका छन्।
यसैगरी सचिव दशरथ भट्ट, कोषाध्यक्ष रस्ना खड्का, सहसचिव प्रकाश कार्की, सुन्दर धामी र जमुना बोहरा रहेका छन् भने कार्यालय सचिवमा ध्रुव बिक, बिनोद राना लगायत ५१ सदस्य कमिटी सर्वसम्मत चयन गरिएको हो।
पूर्णराज जैसीको सभाध्यक्षता रहेको सम्मेलनमा अनेरास्ववियु सुदूरपश्चिम प्रदेश संयोजक रोहित बोगटी प्रमुख आतिथ्यता रहेको थियो।
यस्तै केन्द्रीय कमिटी सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी सह इन्चार्ज प्रदिप खड्का, विश्वविद्यालय राष्ट्रिय कमिटी संयोजक गणेशनाथ योगी, प्रदेश सहसयोजक यमराज जोशी जिल्ला अध्यक्ष कुबेर खड्का लगायतका नेताहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो।






