यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १, आईतवार ११:०१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :​ सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन्।

असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आय–व्ययको विवरण सार्वजनिक गर्न लागेका हुन्।

अघिल्ला वर्षहरुमा बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन्। प्राय सबै प्रदेशले कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेका छन्। कोशी प्रदेश सरकारले पूर्वाधार, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमितकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ।

कोशी प्रदेशभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा हार्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्नुहुनेछ। कोशीले गत वर्ष ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो।

मधेश प्रदेश सरकारले कृषि क्षेत्रको आमूल सुधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउँदैछ। सरकारले रोजगारी सिर्जनालाई प्राथमिकता दिने बताएको छ। बजेट प्रस्तुतिका लागि दिउँसो ४ बजे बैठक आह्वान भएको मधेस प्रदेशसभा सचिवालयले जनाएको छ।

यस्तै बागमती प्रदेशले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको छ। बागमती प्रदेशले गत वर्ष सबै प्रदेशको भन्दा ठूलो ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको थियो। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिए।

गण्डकी सरकारले आत्मनिर्भर प्रदेशको आधार तयार गर्ने गरी बजेट ल्याउने भएको छ। त्यसैगरी लुम्बिनीले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दैछ।

चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको लुम्बिनीले आगामी वर्षका लागि भने झण्डै ३५ अर्बको मात्र ल्याउने तयारी छ। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

कर्णाली सरकारले सीमान्तकृतको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बजेट ल्याउने बताएको छ। बजेट दिउँसो ३ बजे बस्ने प्रदेशसभामा पेश हुने प्रदेशसभा सचिव जिवराज बुढाथोकीले बताएका छन्।

यस्तै सुदूरपश्चिम सरकारले क्रमागत र बहुवर्षीय आयोजनामा बजेट केन्द्रित गर्ने तयारी गरेको छ। निर्वाचन क्षेत्र केन्द्रित गरी प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई ५ करोड र समानुपातिकलाई ३ करोड बजेट छुट्याउने तयारी छ।

आज साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

अघिल्लो लेख कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला
अर्को लेख तोलामा ४ सयले बढ्यो सुन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

प्रदेशराष्ट्रियसमाचार

नेपालमा गोताखोरको सङ्ख्या १ सय १० पुग्यो

२०८१ असार २१, शुक्रबार १२:२२ गते
राजनीति

कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह

२०८१ मंसिर १२, बुधबार ०७:४७ गते
कैलालीप्रदेशसमाचारसुदूरपश्चिम प्रदेश

कैलालीको बुढीतोलामा मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते

२०८१ भाद्र १९, बुधबार ०९:१६ गते
राजनीतिसमाचार

एमालेले बोलायो सचिवालय बैठक

२०८२ असार ३२, बुधबार ११:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?