यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मेरो परिवारलाई बदनाम गराउनेले सजाय पाउनै पर्छ : परराष्ट्रमन्त्री राणा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मेरो परिवारलाई बदनाम गराउनेले सजाय पाउनै पर्छ : परराष्ट्रमन्त्री राणा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

मेरो परिवारलाई बदनाम गराउनेले सजाय पाउनै पर्छ : परराष्ट्रमन्त्री राणा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ३०, शुक्रबार ११:५६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू र आफ्नो परिवारलाई बदनाम गराउन तथ्यहीन र भ्रामक भिडियो बनाउनेले सजाय पाउनैपर्ने प्रतिक्रिया दिएकी छिन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै राणाले आफूविरुद्ध भिडियो बनाउने मिडिया सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया शुरु गर्न नमिलेर राज्यको कानून अनुसार नै न्याय खोजेको बताएकी छिन्।

‘उक्त भ्रामक भिडियो पोष्ट गर्नेविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानूनले जे सजाय दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो’, उनले लेखेकी छिन्।

उनले आफूलाई प्रेस स्वतन्त्रताका बारेमा राम्ररी थाहा भएको भन्दै मिडियाले जिम्मेवारीबोध र विश्वसनीयता गुमाउन नहुने तर्क गरेकी छिन्। ‘पार्टी ९कांग्रेस० को एक जिम्मेवार सदस्य भएकाले मलाई प्रेस स्वतन्त्रताका बारेमा राम्ररी थाहा छ’, उनले भनेकी छिन्, ‘तर मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वसनीयता गुमाउनुहुँदैन भन्ने मेरो धारणा हो।’

लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको उनले बताएकी छिन्।

पत्रकार दिलभूषण पाठकले केही दिनअघि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री राणाका छोरा जयवीरलाई हिल्टन होटलको शेयर प्रकरणमा जोडेर भिडियो सामग्री बनाएका थिए। यो विषयमा परेको उजुरी आधारमा साइबर ब्यूरोले जिल्ला अदालतबाट पाठकलाई पक्राउ पुर्जी लिएर प्रहरी परिचालन गरिसकेको छ। तर पाठक भने तीन दिनदेखि सम्पर्कविहीन छन्।

अघिल्लो लेख एकैदिन ४२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
अर्को लेख अहमदावाद विमान दुर्घटना अपडेट : २४१ जनाको मृत्यु भएको पुष्टि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

एनपीएल : सुदूरपश्चिमको सानदार सुरुवात

२०८१ मंसिर १८, मंगलवार १२:२८ गते
राष्ट्रिय

राष्ट्रपतिले प्रमाणीकरण गरे टीआरसी विधेयक

२०८१ भाद्र १३, बिहीबार १६:२९ गते
खेलकुदसमाचार

आईसीसीले ऋषभ पन्तलाई कारबाही गर्‍यो

२०८२ असार १०, मंगलवार १५:२९ गते
अर्थ-वाणिज्यसमाचार

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

२०८२ बैशाख ३१, बुधबार ११:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?