यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बेहडाबाबामा गङ्गादशहरा मेला सुरु, बिहानैदेखि दर्शनार्थीको भिड
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बेहडाबाबामा गङ्गादशहरा मेला सुरु, बिहानैदेखि दर्शनार्थीको भिड
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

बेहडाबाबामा गङ्गादशहरा मेला सुरु, बिहानैदेखि दर्शनार्थीको भिड

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २२, बिहीबार ११:३३ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कैलालीःधनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबामा बुधवारदेखि धुमधामका साथ गङ्गादशहरा मेला सुरु भएको छ।

धार्मिक आस्थाको केन्द्रका रूपमा लिइएको यस मन्दिरमा हरेक वर्ष झैँ यस वर्ष पनि गङ्गादशहरा पर्वका अवसरमा मेलाको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले जानकारी दिए। पर्वका अवसरमा मन्दिरमा राति १२ः०० बजे जल चढाएर पूजाअर्चना सुरुआत गरिएको छ।

कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबामा पूजाआजाका साथै दर्शनका लागि कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न स्थानका मानिसहरू यहाँ आउने गर्दछन्। बेहडाबाबा सुदूरपश्चिमको मात्रै नभई देशकै धरोहरका रूपमा परिचित छ। परापूर्वकालमा यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ।

यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। खासगरी पुत्रलाभदेखि सङ्कटमोचन गर्ने शक्ति बेहडाबाबा मन्दिरमा रहेको विश्वास भक्तजनहरूमा छ। यसैगरी, यहाँ पूजाआजा तथा दर्शन गर्न आउने भक्तालुहरूको सहजताका लागि धनगढी उपमहानगरपालिकाले सडक मर्मत, बत्ती जडानलगायत व्यवस्थापन गरेको व्यवस्थापन समितिले जनाएको छ।

गङ्गादशहरा पर्वका अवसर पारेर बेहडाबाबा मन्दिरमा पूजाका लागि छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत हजारौँको सङ्ख्यामा भक्तजनहरू आइसकेका छन् भने केही अझै आउने क्रम जारी छ। यहाँ हरेक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलिभित, युपी, उत्तराखण्डलगायत विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन्।

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले विभिन्न चाहपर्वहरू जस्तै गङ्गादशहरा पनि यहाँको महत्वपूर्ण चाड मानिँदै आएकाले यसको महत्व बुझेर उपमहानगरपालिकाले यही जेठ २२ गते अर्थात् बिहीवार सार्वजनिक बिदासमेत दिएको बताए।

उपमहानगरपालिकाले बेहडाबाबामा आउने भक्तजनहरूको सहजताका लागि शिवगङ्गा नदीको छेउबाट मन्दिरसम्म पुग्न निःशुल्क बस सञ्चालन गरिएको नगरप्रमुख हमालले बताए। मेलामा यहाँका नेपाली मात्रै नभएर भारतका व्यवसायीहरूले समेत केही दिनअघि नै यहाँ आएर विभिन्न पसल सञ्चालन गरेका छन्। गंगा दशहराका अवसरमा बेहडाबाबा मन्दिरको दर्शनका लागि बिहीवार बिहानैदेखि नेपाल–भारतका तीर्थयात्रीको भिड लागेको छ।

पहिलो दिन जल चढाउने र पूजाआजासहित दर्शन गर्ने कार्य भइरहेको छ। तीर्थालुहरुको सहजताका लागि पश्चिमबाट लाइन लगाएर पालौपालो दर्शन र पूजाआजा गर्ने व्यवस्था मिलाइएको र अपाङ्ता भएका व्यक्ति, असहाय तथा वृद्धवृद्धाका लागि मन्दिरको उत्तर ढोकाबाट प्रवेश दिएर पूजाआजाको व्यवस्था मिलाइएको अध्यक्ष चन्दले जानकारी दिए।

जेठ २५ गतेसम्म लाग्ने मेलाको करिब एक लाख दर्शनार्थीले अवलोकन गर्ने व्यवस्थापन समितिले जनाएको छ। बेहडाबाबा मन्दिरमा गङ्गा दशहरा, चैत अमावस, माघी, शिवरात्री र नयाँ सालको बेलाका दिन भक्तजनको भिड हुने गर्दछ। यसैगरी, साउन महिनाको सबै सोमवार भक्तजन आउने गरेका समितिले जानकारी दिएको छ।

अघिल्लो लेख सीमा क्षेत्रमा हुने वन्यजन्तुको अवैध चोरी सिकारी नियन्त्रण गर्न दुई देशबिच सहमति
अर्को लेख कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

टर्कीको हतियार कारखानामा विस्फोट, १३ जनाको मृत्यु

२०८१ पुष १०, बुधबार १४:०६ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

कक्षा-८ परीक्षाको इमिस प्रणालीमा प्रविष्ट सुरू, आउँदो हप्तामा नतिजा प्रकाशन हुने

२०८१ चैत्र २२, शुक्रबार १३:२९ गते
राष्ट्रिय

एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल

२०८१ मंसिर २८, शुक्रबार ०८:५९ गते
कैलालीप्रदेशसमाचार

धनगढी उपमहानगरबाट दृष्टि फाउन्डेसनलाई तीन वर्षमा १५ लाख सहयोग, पोसाक र सामग्रीसमेत हस्तान्तरण

२०८२ असार ३१, मंगलवार १२:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?