धनगढी – विश्व हिन्दू परिषद नेपाल सुदुरपश्चिम प्रदेश र नेपाल ज्याेतिष परिषद जिल्ला कार्य समिति कैलालीकाे संयुक्त आयाेजनामा सञ्चालित २०८२ जेठ ०५ गते देखि १५ गते सम्म सञ्चालन भएकाे निःशुल्क आधारभूत कर्मकाण्ड प्रशिक्षण आज समापन भएकाे छ ।
समापन समाराेहकाे अध्यक्षता विश्व हिन्दू परिषद नेपाल सुदुरपश्चिम अध्यक्ष श्री महेन्द्र राज पन्त , प्रमुख अतिथि लक्ष्मी नारायण मन्दिरका पिठाधिस श्री १००८ स्वामी देवराज आचार्य हरेका थिए।
कार्यक्रममा मुख्य प्रशिक्षक नेपाल ज्याेतिष परिषद केलाली जिल्ला अध्यक्ष खगेन्द्र राज अवस्थी रहेका थिए।
कार्यक्रममा पतञ्जली याेग समिति सुदुरपश्चिम प्रभारी श्री काशीनाथ भट्ट, गिता सत्संग समितिका उपाध्यक्ष श्री सिताराम अवस्थी, पदमराज तिमिल्सिना,शिवराम राना तथा प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाका अध्यक्षले शुभकामना राखेका थिए।
६४ जनाकाे सहभागिता रहेकाे यस कार्यक्रमकाे संचालन विहिप धनगढी नगर समिति सचिव सिद्धराज पनेरुले गरेका थिए।





