यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रहरीले १०८ जनाविरूद्ध मुद्दा चलाउन राय दिँदा सरकारी वकिलले किन दर्ता गर्‍यो ६१ जनाविरूद्ध मुद्दा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रहरीले १०८ जनाविरूद्ध मुद्दा चलाउन राय दिँदा सरकारी वकिलले किन दर्ता गर्‍यो ६१ जनाविरूद्ध मुद्दा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

प्रहरीले १०८ जनाविरूद्ध मुद्दा चलाउन राय दिँदा सरकारी वकिलले किन दर्ता गर्‍यो ६१ जनाविरूद्ध मुद्दा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १२, सोमबार ११:२६ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :काठमाण्डौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको अनुसन्धान सकेसँगै आइतबार सरकारी वकिलले मुद्दा दर्ता गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले १०८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित गत बिहीबार सरकारी वकिल कार्यालय काठमाण्डौंमा प्रतिवेदन बुझाएको थियो।

तर सरकारी वकिलले आइतबार ६१ जनाविरूद्ध मात्रै मुद्दा दायर गरेको हो।

५० जनाविरूद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको हो। तीमध्ये दुर्गा प्रसाईंसहित ८ जनालाई ज्यान मार्न नहुने कसुर र ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरेको हो।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशम्शेर राणाविरूद्ध पनि राज्यविरूद्धको कसुरमा मुद्दा दर्ता भएको थियो। मुद्दा दायर गर्नलाई प्रहरीले उनीहरूलाई सम्पर्क गरे पनि उपस्थित नभएको प्रहरीले जनाएको छ।

बाँकी ११ जनाविरूद्ध आपराधिक उपद्रव मुद्दा दर्ता भएको हो। उनीहरूमाथि संगठित अपराधमा अनुसन्धान भएपनि संगठित अपराध गरेको तथ्य प्रमाणबाट नखुलेको भन्दै त्यसतर्फ मागदाबी लिइएको थिएन।

थप चार जनाविरूद्ध भने सरकारी वकिल कार्यालयले सोमबार मुद्दा दर्ता गर्दैछ। चार जना नाबालक भएकाले उनीहरूविरूद्ध भक्तपुर बाल अदालतमा मुद्दा दर्ता गर्न लागिएको जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले जानकारी दिए।

उनीहरूबाहेक ४३ जनाविरूद्ध भने विभिन्न कारणले मुद्दा चलाउने निर्णय सरकारी वकिलले गरेको छ।

राज्यविरूद्धको कसुरमा पक्राउ परेका ९ जनाविरूद्ध सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेको हो।

गोपिकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, एनी कुँवर भन्ने अनिता कुँवर, दिपक खड्का, शिशिर जिसी, खेमराज सेढाई, मिनोज थापा र अनिल बस्नेतविरूद्ध मुद्दा नचलाउने निर्णय भएको हो।

उनीहरूविरूद्ध प्रमाण प्राप्त गर्न नसकेकाले मुद्दा नचलाउने निर्णय भएको थियो। दिपक खड्का दुर्गा प्रसाईंका अंगरक्षक हुन्।

ुप्रस्तुत वरदातमा संलग्न रहेको वस्तुनिष्‍ठ प्रमाण हालसम्मको अनुसन्धानबाट नदेखिएकाले उनीहरूमाथि थप प्रमाण प्राप्त भएका बखत कानुन बमोजिम हुने नै हुँदा हाललाई उनीहरूमाथि मुद्दा नचलाउने गरी आजै निर्णय गरिएको छ,ु सरकारी वकिलले गरेको निर्णयमा भनिएको छ।

त्यस्तै आपराधिक उपद्रवतर्फ २५ जनाविरूद्ध मुद्दा नचल्ने निर्णय भएको हो।

देवबहादुर थापा मगर, राजा ठाकुर हजाम, प्रसिद्ध मल्ल, नविन ढकाल, अशोक पराजुली भन्ने आलोक पराजुली, ईरफान हजाम, गणेशबहादुर गुरुङ, विवेक खनाल भन्ने विवेक रखाल, उपेन्द्रप्रसाद शाह, गणेश प्याकुरेल, सरुन थापा, स्टन भन्ने ईस्टन लामा, भविन्द्र वि।सि।, विकास ओली, जिवलाल पुरी, आशिस तामाङ, लिला राना, मनिश कुमार शाही, भगवती रोक्का, सरिता केसी भन्ने सरिता खत्री, सुदर्शन थापा, सिता देवी राई, कृष्ण कुमार बस्नेत, मुकुन्द दाहाल र राज कुमार राईमाथि मुद्दा नचल्ने निर्णय भएको हो।

त्यसबाहेक थप ९ जनाविरूद्ध पनि सरकारी वकिलले मुद्दा चलाएको छैन।

उनीहरूको भने यकिन नाम थर वतन नखुलेकाले मुद्दा नचलाइएको जिल्ला न्यायाधिवक्ता निरौलाले बताए।

‘९ जनाको यकिन नाम थर वतन नखुलेकाले हो। खुलेको बेलामा पक्राउ परी आए त्यसअनुसार नै हुने गरी अघि बढेको हो,’ उनले भने।

ट्याग गरिएको:featured
अघिल्लो लेख ‘शिक्षकका ९ बुँदे मागप्रति प्रतिबद्ध छौं’
अर्को लेख बत्ती गयो भनेर आतंक फैल्याउनेहरूलाई कानूनी दायरामा ल्याउने उर्जामन्त्रीको चेतावनी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

शिक्षा विधेयक स् शिक्षक राजनीतिक दलको सदस्य भए ‘स्वतः पद गुमाउने’

२०८२ बैशाख २१, आईतवार १३:०५ गते
राष्ट्रिय

१८ देशमा नयाँ राजदूत सिफारिस, कुन देशमा को ?

२०८१ श्रावण १६, बुधबार १७:५९ गते
कञ्चनपुरराष्ट्रिय

कञ्चनपुरमा बाँझो जग्गामा वृक्षारोपण

२०८१ श्रावण २, बुधबार १५:१५ गते
राष्ट्रिय

जाजरकोटमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प

२०८१ पुष ११, बिहीबार ०९:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?