काठमाण्डौं – काठमाण्डौंको गौशालामा आठ वटा गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको छ ।
गौशालाबाट तिलगङ्गातर्फ गुडिरहेको बा ५ ख ६७३५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित हुँदा एउटा माइक्रोबस, तीन वटा कार, दुई वटा मोटरसाइकल र एउटा स्कुटर आपसमा ठोक्किएका जिल्ला प्रहरी परिसर काठमाण्डौंले जनाएको छ ।
आज बिहान ११ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा धादिङको ज्वालामुखी गाउँपालिका–१ घर भई अहिले काठमाण्डौको टोखा बस्ने राजकुमार श्रेष्ठ, नुवाकोटको तादी गाँउपालिका–२ घर भई टोखा बस्ने विकास कट्टेल र खोटाङको हलेसी घर भई कोटेश्वर बस्ने शैलेन्द्र राई घाइते भएका छन् ।
घाइतेहरूको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।





