यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बचतकर्ताको पाँच करोड ३५ लाख रकम हिनामिना गर्ने ६ जनाविरुद्ध अदालतमा मुद्दा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बचतकर्ताको पाँच करोड ३५ लाख रकम हिनामिना गर्ने ६ जनाविरुद्ध अदालतमा मुद्दा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

बचतकर्ताको पाँच करोड ३५ लाख रकम हिनामिना गर्ने ६ जनाविरुद्ध अदालतमा मुद्दा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ३०, मंगलवार १५:१३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ : जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन कार्यालय प्रमुख सहित ६ जनाविरुद्ध पाँच करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपसहित अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुख जयलाल प्रसाद साह कानू सहित ६ जनाविरुद्ध आज विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरेको हो।

कार्यालयका ना.सु. (हाल कार्यालय प्रमुख समेत) रहेका बलीराम प्रसाद कुर्मीले २०६० सालदेखि नै बचत बैंकको जिम्मा लिँदै आएको, बचतकर्ताको रकम कुनै अभिलेख नराखी अपचलन गरेको भन्दै जिल्ला अदालत बारामा मुद्दा दायर भई पुर्पक्षका लागि थुनामा रहेको उजुरी परेको थियो।

अनुसन्धानका क्रममा बलीराम प्रसादले तत्कालीन कार्यालय प्रमुखहरूसँगको मिलेमतोमा बचतकर्ताको बचत गर्नुपर्ने रकम आपसमा बाँडफाँड गरेको पाइएको अख्तियारको दाबी छ। बचतकर्ताबाट उठेको बचत रकम साँवा ब्याज गरी ५ करोड ३५ लाख ६४ हजार रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको देखिएको अख्तियारले उल्लेख गरेको छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीसँगै जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन कार्यालय प्रमुखहरू जयलाल प्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साह विरुद्ध पनि भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ।

उनीहरुले हुलाक बचत बैंकको समेत कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा फाँटवाला बलीराम प्रसादसँग मिलेर बचतकर्ताको रकम दुरुपयोग गरी मासेको देखिएको अख्तियारको दाबी छ।

उनीहरूविरुद्ध ५ करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना माग दाबी सहित आज विशेष अदालत, काठमाण्डौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता पौडेलले जानकारी दिएका छन्।

अघिल्लो लेख धनगढीमा १२ ग्राम खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
अर्को लेख ५२ संवैधानिक निकायमा नियुक्ति विवादमा सुनुवाइ जारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीराजनीति

सुदूरपश्चिममा कर उठाउने बाटो खोल्न अध्यादेश ल्याइँदै

२०८१ श्रावण २३, बुधबार १८:१४ गते
राजनीति

१०० मत खसेपछि पाटन क्याम्पसमा रोकियो मतदान, सहमतिको प्रयास जारी

२०८१ चैत्र ५, मंगलवार ११:२७ गते
अन्तर्राष्ट्रिय

ब्राजिलमा एक सय ७६ जना नेपाली अलपत्र

२०८१ भाद्र ११, मंगलवार १९:०२ गते
अन्तर्राष्ट्रियसमाचार

बेलायतको साउथेन्ड विमानस्थलमा विमानमा आगलागी, विमानस्थल बन्द

२०८२ असार ३०, सोमबार १०:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?